सी जिनपिङले बाइडेनलाई भने- ‘डोनाल्ड ट्रम्पसँग मिलेर काम गर्छु’
काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार पेरुमा भएको वार्षिक एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा एक अर्कालाई भेटेका छन्।
वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पछिल्लो भेटमा सी जिनपिङले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर काम गर्ने कुरा गरेका छन् ।
भेटमा सी जिनपिङले बाइडेनको कार्यकालमा अमेरिका र चीनबीचको सम्बन्धमा आएको उतारचढावलाई पनि स्वीकार गरे। सी जिनपिङ र जो बाइडेनले व्यापार र ताइवान मुद्दाहरूमा तनाव कम गर्न पनि छलफल गरे।
अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयपछि विश्लेषकहरूले ट्रम्पको कार्यकाल दुई महिनामा सुरु भएसँगै चीन र अमेरिकाबीचको सम्बन्धमा तनाव बढ्न सक्ने अनुमान गरेका छन् ।
ट्रम्पले चिनियाँ आयातमा ६० प्रतिशतसम्म कर बढाउने बताएका छन् । आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले चीनलाई अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भनेका थिए ।
Facebook Comment