दरबारमार्गमा ६ अर्ब लगानीमा होटल बन्ने, मीनबहादुर गुरुङले गरे शिलान्यास
काठमाडौं । काठमाडौंको दरबारमार्गका बन्ने अन्नपूर्ण स्क्वायर होटलको शिलान्यास गरिएको छ। व्यवसायी मीनबहादुर गुरुङले सोमबार उक्त होटलको शिलान्यास गरेका हुन्।
शिलान्यासमा कांग्रेस नेता एवं व्यवसायी उमेश श्रेष्ठ, राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीईओ किरणकुमार श्रेष्ठलगायत सहभागी थिए।
भाटभटेनी समूह र लिटिल एन्जल्स समूहले करिब ६ महिना अघि किनेको अन्नपूर्ण होटलमा नै नयाँ होटल निर्माण गर्न लागेका हुन्। यस होटलको लागत करिब ६ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ। २०८५ देखि बैशाख १ गतेदेखि होटल सञ्चालनमा आउने बताइएको छ।
होटल सञ्चलानका लागि डेढ महिना अघि नै भारतीय होटल व्यवस्थापन कम्पनी आइटीसी वेलकमसँग सम्झौता भइसकेको छ।
होटलमा ३५० कोठा र ४० कोठा अपार्टमेन्टसहित होटल परिसरमा रहने बिजनेस कम्प्लेक्समा भाटभटेनीदेखि विभिन्न ब्रान्डेड शपिङ मल रहनेछन्।
Facebook Comment