प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

डिसी नेपाल
४ मंसिर २०८१ ११:१९

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ अंकले बढेको छ। यससँगै सूचक २७५८.४१ विन्दुमा आएको छ। ७३ कम्पनीको ३७ हजार ३ सय ५५ कित्ता सेयर कारोबार हुँदा ३ करोड ८० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

३७ कम्पनीको भाउ बढेको छ भने २४ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। यो सेसनमा कुल २ सय ८ वटा कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *