नेपालमा सङ्घीयताको कार्यान्वयन संसारकै नमूना : मन्त्री पण्डित

डिसी नेपाल
३२ साउन २०७६ ६:५३

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालमा सङ्घीयताको कार्यान्वयन संसारकै नमूना भएको बताए। कानूनको निर्माण र सङ्गठन संरचनाको व्यवस्थापन जस्तो जटिल कामलाई समयमा नै व्यवस्थापन गर्न सकेकाले नेपालमा सङघीयताको कार्यान्वयन सफल भएको उनको दाबी थियो।

बागलुङमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मौसम परिवर्तनका बेला आउने समस्या जस्तै व्यवस्था परिवर्तनका समयमा आएका केही समस्याबाहेक सङ्घीयताको कार्यान्वयनका लागि गरिएका सबै प्रयास सफल भएको दाबी गरे। अहिले प्रशासनिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि निजामती ऐन ल्याउन लागिएको उनको भनाइ थियो।

“एक साता भित्रमै निजामती विधेयक संसद्मा पेश हुने र पारित भए लगत्तै प्रदेश तहमा सोही ऐन बनाएर प्रशानिक क्षेत्रमा रहेको समस्याको समाधान खोजीनेछ”, उनले भने। रासस




प्रतिक्रिया

One thought on “नेपालमा सङ्घीयताको कार्यान्वयन संसारकै नमूना : मन्त्री पण्डित

Leave a Reply

Your email address will not be published. Required fields are marked *