शंकरप्रसाद रिजालका तीन कविता

डिसी नेपाल
८ मंसिर २०८१ ७:१७

मानिस एक बुख्याँचा
तल खुट्टा च्यातिएको दुई खुट्टा टेकी हिँड्दछ
तलमाथि दुवै चिर्दा कुकुर झैं उ हिँड्दछ।

फर्सीको टाउको लिइ भित्र भित्रै गनाउँछ
मस्तिष्क बिखको भाँडो भित्र भित्रै रिसाउँछ।

कानका दुइटा प्वाल चराको गुण झैं गरी
एउटा कानले सुन्छ दुइटाले झैँ सुने सरी।

नाकको प्वाल दुइटा छन् सास फेर्ने धर धरी
मुख त्यो बाउने गर्छ त्यो खाने नपाउने गरी।

घाँटी अडेको छ घिच्रोमा निल्दा उ चक्कराउँछ
तैपनि सबै गर्न सक्छु भन्दै उ फेरि बर्बराउँछ।

छाती फुलाई उ बन्छ ठूलो भुक्क बनाउँदै
पेट त्यो बाटुलो झोला भित्र भित्रै गनाउँदै।

कम्मर भाँची उ हिँड्दैछ स्वस्थ मानिस झैं गरी
यसो हेर्दा उ देखिन्छ बक्रतुन्डमहा सर।

पढेँ भनी उ गम्किन्छ कत्ति नै पढे गरी
किताब गन्न उ थाल्छ कत्ति नै जानने सर?

किताबी ज्ञानको माला घाँटीभरि उ भिर्दछ
परेको आपतबाट उम्की उम्की उ हिँड्दछ।

राम्रो ज्ञानी म छु भन्दै उ हिँड्छ समाजÞमा
आएको छैन है ज्ञान त्यो उसको दिमागमा।

भाँचेको हात लिइ उ हिँड्छ औंला फिरीफिरी चलाउंदै
च्यातिएको दुई खुट्टा उ लिइ हिँड्छ सानले हल्लाउँदै।

कालो चश्माले चम्किन्छ नाक चुच्चो बनाउँदै
अर्ध नांगा कुदेका छन् आफ्नो लाज पचाउँदै।

सबैको रुप हेर्दा त्यो खेतको भुत देखिने
तैपनि ती युवा युवती भित्र भित्रै रमाउने।

खित्का छोडी उनी हाँस्छिन् सारा विश्व हँसाउने
के हो त्यो चरित्र उनको भुतैलाई नचाउने।

हगेर पेट सफा हुन्छ भने हात्ती किन दुब्लाउँदैन
खाएर दुध स्वस्थ हुन्छ भने बिरालो किन फेरिँदैन।

सबेरै उठ्ने सुखी हुन्छ भने पत्रिका बेच्ने किन दुःखी छन्
पौडेर मान्छे “स्स्लिम”बने भने माछा झन् मोटा किन छन्।

यस्तै हो मानिसको जीवन गन्तव्यमा नपुगिने
मरेका जिउँदा जस्तै यो जगतमा रमाउने।।

ठूलो मन

ठूलो छ मन यो ब्रम्माण्ड जस्तो
सानो शरीर भित्र अटाउने कस्तो
देखिन्न यसका कुनै केही त्यो सबै
छोपिएका छन् यसका गुण दोष दुवै।

बिशाल ईश्वरको रुप यसैमा छ अटेको
बिशाल पृथ्वीपनि यसैमा छ दबेको
सम्झिन्छु धेरै मनभित्र थोरै
यत्ति सानो ठाउँमापनि कत्ति कुरा अटेको।

आकास सानो मन भित्र मेरो
पृथ्वी छ सानो मन भित्र मेरो
हिमाल सानो मन भित्र मेरो
सागर बगेको मन भित्र मेरो।

यो मनको कति नै छ ओज
खोलेर हेर्दा यो बोझ खोक्रो
तर मनै हो ठूलो आकास जत्रो
आकास अट्ने मन हेर कत्रो।

रमाउँदा यो छ श्री राम जस्तो
रिसाउँदा यो यमराज जस्तो
सक्तिन यसको मन भित्र जान
बुझ्दिन यसको गहिरो छ ज्ञान।

लिनु र दिनुमा छ यसको विभेद
ज्ञानी र अज्ञानीको जस्तो बिछोड
लिएर हुन्न जो कोइ ठूलो
ठूलो दिनु हो यही हो छ कुलो।

मन ठूलो भइ बस्ने मानिस त्यो ठूलो
चित्त सानो भइ दिँदा शरीर बन्छ दुलोदुलो
आखिर मानिस ठूलो मनले हुन्छ जातले हुँदैन
ठूलो मन ठूलै हुन्छ यो सानोले बुझदैन।

आकास गंगाा मनभित्र मेरो
बिशाल गंगाा मनभित्र मेरो
सारा प्रकृति छ मनभित्र मेरो
सबै अटेको छ मनभित्र मेरो।

म लिन्छु ज्ञान मन भित्र मेरो
म गर्छु ध्यान मन भित्र मेरो
म देख्छु ईश्वर मन भित्र मेरो
म देख्छु कृष्ण मन भित्र मेरो।

ठूलो मनको ठूलो उचाई
म भित्रको ज्ञान बुझाइ
लिने मानिसको दिल सधैं दासी बन्दछ
दिने मानिसको दिल सधैं हाँसी उ बस्दछ।

तसर्थ मनै ठूलो मनै ज्ञानी
मनै बिशाल कर्ममा
उन्नतीको कर्म नै ठूलो
आफ्नो आफ्नो स्वधर्ममा
उन्नतीको कर्म नै ठूलो
आफ्नो आफ्नो स्वधर्म।

खै हाम्रो त्यो देस नेपाल

हाम्रो देश नेपाल, जहाँ सुन्दर प्रकृतिले बास गरेकी छिन्
यो देश नेपाल जहाँ हरेक सुभ बिहानीमा उत्तर तर्फ सुनका
पहाड देखिन्छन्।

यो देश नेपाल जहाँ उत्तरतिरको हिम शृंखलाबाट हिमचाँदी
अविरल बगिरहेका छन्।

यो देश नेपाल जहाँ अग्ला अग्ला पहाडहरुले आकास चुमी रहेकाछन् र
सुखा उर्बरा जमीनले सागर चुम्न पुगी रहेका छन्।

यो देश नेपाल जहाँको घना जंगलमा बिभिन्न जातिका चरा
चुरुंगीका मधुर आवाज र बाघ, भालु हरिण मृग आदि नाचेर बसेका छन्।
हजारौं जडीबुटीहरुको प्रचुर भण्डार छन्।

यो देश नेपाल जहाँ देवादीदेव महादेव र माता दुर्गाको उत्त्पत्ति
भएको थियो।

यो देश नेपाल जहाँ ठूला ठूला ऋषिमुनी र तपस्वीहरुको आफ्नो
रुचिनुसार जीवन बिताउने स्थल बनाए।

यो देश नेपाल विश्व सम्राट अंग्रेजको फौजलाई अमर सिंह थापा र
भक्ति थापा जस्ता रणवीर योद्धाले लखेटी लखेटी धपाएका थिए।

यो देश नेपाल जहाँका वीर गोर्खाली सैनिकले विश्व साम्राज्ञिनी
बेलायतकी माहारानीको शीर नै निहुराउने गरी भिक्टोरिया क्रस प्राप्त गरेका थिए।

यो देश नेपाल जहाँका गोर्खाली सैनिकको वीरताले जर्मनीका चान्सलर कैजरको मुटु हल्लाई दिएका थिए।

यो देश नेपाल जहाँ वीर सपुत श्री ५ बडा महाराजधीराजको जन्म भएको थियो जसले नेपाललाई सयौं भुरे टाकुरे राज्यहरुलाई एकीकरण गर्न सफल भए।

यो देश नेपाल जहाँ श्री ५ महेन्द्र राजाले यो देशको चिनारी संसार भरका देशहरुलाई गराए।

आज हेर यो देश नेपाल जहाँ करोडौं जनताहरु झन् झन् गरीबीको चपेटामा पिल्सिएका छन्।

जहाँ उद्योग कलकारखानाहरु शून्य छन्।

बेरोजगारको समस्या चुलिइ सारा युवा युवतीहरु आय आर्जनको लागि विदेसिन बाध्य भएका छन्।

यो देशमा आज सारा दूर दराजमा रहनेहरुमा अन्न अनाज र खाने पानीको हाहाकार छ।

राजनीतिमा वितृष्णा छ। अर्थनीतिमा दुर्बल छ। धर्ममा बादबिबाद छ।

सारा नेपाली समाज विभक्त भएको छ। राष्ट्रको ऋण सालै पिच्छे बढ्दै गइरहेको थियो।

आयात ९५% छ भने निर्यात ५% मात्र रहेको छ। देश विप्रेशणमा अडेको छ। सबै बिदेसी भोग र चलन छ। स्वदेसी बस्तुहरुको खानपान छैन।

यहाँ गरीब जनताहरु सहकारीमा लुटिएका छन्। उखु किसानले उखु बिक्री गरे बापत पैसा पाएका छैनन्।

ठेकेदारहरुले काम गरे बापत अरबौं रकम अझै पाएका छैनन्। समाजमा लोभ बढ्दै गइरहेको छ। भ्रष्टाचार र भ्रष्टाचारीको जगजगी छ।

सरकार जनताको सेवामा अन्धो बनेको छ। शाशकहरु झन् झन् भ्रष्टाचार गरी आफ्नो स्वार्थ पूर्तिमा लागेका छन्।

पचासौं बर्ष पहिलेका किसान अझै किसान नै छन्। यो देशमा सम्पूर्ण नेपालीहरु कहिले समृद्ध हुने र कैले यो देशलाई संसारले मान्ने र इज्जत गर्ने।

यो सबै प्रश्नको उत्तर अब म यहाँका नेता तथा शाशकहरुलाई सोध्दिन।

यो प्रश्नको उत्तर म आकाश र पृथ्वीलाई मात्र सोध्छु कि यो देशलाई कैले देशलाई माथि लैजाने बलियो राष्ट्रबादी नेता कहिले दिन्छौं।

ताकी मैले मेरो देशलाई मेरो देश भन्न सकौं। अनि म भन्छु खै त त्यो मेरो देश।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *