युक्रेनमा रहेको आफ्नो दूतावास बन्द गर्ने अमेरिकाको निर्णय
काठमाडौं । अमेरिकाले युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
युक्रेनमा रहेको अमेरिकी दूतावासले एक विज्ञप्तिमा नोभेम्बर २० मा ठूला हवाई हमलाको बारेमा “ठोस जानकारी” प्राप्त गरेको र धेरै सावधानी अपनाएर यो कदम चालिएको बताएको छ।
यस विज्ञप्तिमा भनिएको छ, “सुरक्षा कारणले दूतावास बन्द रहनेछ र यसका कर्मचारीहरूलाई सुरक्षित स्थानमा शरण लिन भनिएको छ।”
अमेरिकी दूतावासले अमेरिकी नागरिकलाई हवाई हमलाको सूचना पाएलगत्तै सुरक्षित स्थानमा जान सल्लाह दिएको छ ।
तर, कीभमा अमेरिकी दूतावास बन्द हुनु कुनै नौलो कुरा होइन । यसअघि पनि नयाँ वर्ष र युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा यस्तै चेतावनी जारी गरिएको थियो ।
प्रतिक्रिया
Facebook Comment