महान टेनिस खेलाडी राफेल नाडालले खेल जीवनबाट सन्यास लिए
काठमाडौं । स्पेनका चर्चित टेनिस खेलाडी राफेल नाडालले सन्यास लिएका छन् । उनलाई क्ले कोर्टको राजा मानिन्थ्यो।
२२ ग्रान्डस्लाम विजेता नाडालले मंगलबार डेभिस कपमा आफ्नो अन्तिम खेल खेले। यस खेलमा ३८ वर्षीय नाडालले नेदरल्याण्ड्सका बोटिक भानसँग लगातार दुई सेटमा ६-४, ६-४ को सेटमा पराजित भएका थिए ।
टेनिसबाट सन्यासको घोषणा गर्दै राफेल नाडालले आफ्ना समर्थकहरूलाई भने, “मेरो २० वर्षको व्यावसायिक करियरमा तपाईले मलाई राम्रो समयमा साथ दिनुभयो र खराब समयमा खेलिरहन प्रोत्साहन दिनुभयो।”
नाडाललाई क्ले कोर्टको राजा पनि मानिन्थ्यो। उनले १४ पटक फ्रेन्च ओपन सिंगल्सको उपाधि जितेका छन् । उनले रोल्यान्ड ग्यारोसमा खेलेका ११६ महत्वपूर्ण खेलमध्ये ११२ जितेका छन्।
आफ्नो सन्यास पछि, उनले भने, “म यस अवसरमा नेदरल्याण्ड्सलाई बधाई दिन चाहन्छु र यहाँ उपस्थित सम्पूर्ण स्पेन टोलीलाई धन्यवाद दिन चाहन्छु।”
Facebook Comment