नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज

डिसी नेपाल
६ मंसिर २०८१ १७:२८

काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमले भारतको कर्नाटकाको यू-१९ टिमविरुद्धको सिरिज ३-२ ले जितेको छ।

विहिबार टियु क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले कर्नाटकालाई ७ विकेटले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो। कर्नाटकाले दिएको १९१ रनको लक्ष्य पछाएको नेपालले ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

यस सिरिजमा पहिलो र चौथो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो।

अब नेपाली यू-१९ नेपाली टिमले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू-१९ एशिया कप खेल्दै छ। एशिय कपमा नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्।

त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्। हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *