लघुकथा : खुशी !
निर्जन किनारासँग धेरै पटक सोधे। कहिले आउँछ खुशीको लहर बोकी सागरको छाल?
मेरो प्रश्न कुनै खास ब्यक्ति लाई थिएन। मेरो प्रष्ट प्रश्न आफैंले चिन्न नसकेको आफैंलाई थियो।
उत्तर कहिल्यै कसैले दिएन, कसैले दिने कुरा पनि त थिएन। आफैंले आफैंलाई सोधेको प्रश्नको जवाफ।
-म पनि खै कस्तो मान्छे!
ताल न बेतालको कुरा गर्न रुचाउँछु त्यो पनि बेमौसमा।
खैर छोडिदिम यस्तो झ्याऊ कुरा।
कुरा हुँदै थियो खुशीको!
-ए साँच्चै यो खुशीको लेनदेन हुने कतै वैधानिक ठाउँ छन् होलाकी नाईं!
यदि हुँदो होत क्या ब्यस्त हुन्थ्यो होला त्यो ब्यापार गर्ने ब्यापार सेन्टर। कति धनी बन्थ्यो होला यो खुशीको ब्यापार गर्ने मान्छे।
-साच्चिकै त्यो खुशीको ब्यापार गरेर धनी बनेको मुन्छे मुर्दार चाहिँ खुशी हुन्थ्यो होला कि नाईं!
-आ जे सुकै होस् जोसुकै।
कुरा मेरो आफ्नै निजी कसैको जुनीमा मेल हुन पुगे क्षमा चाहन्छु।
“खुशी ” गज्जबको दुई अक्षरले बनेको शब्द। जाबो यति सानो शब्दको अर्थ केलाउँदा केलाउँदा जिन्दगी नै सुइकिन्छ। खुशीको खोजमा मान्छेले के-के मात्रै गर्दैनन्।
हैट…त्यस्तो कुराहरू को कल्पना गर्दै गर्दापनि मन काँपेर आउँछ। कतै म काँथर त होइन।
-जाबो कल्पना सँग नि डराउने।
-खुशीको खोजीमा देउरालीमा धाएँ, देउरालीबाट हिमालको सुन्दरता पिएँ, ताजा हिमाल छेउको अक्सिजन कयौं क्युबी टन पिएर हेरेँ।
खुशी हुन सकेन। के म खुशी हुन नजानेको हो? कि मैले खुशी चिन्न नसकेको?
– यस्तै-यस्तै बेताले कुराको संकलनमा आधा जिबन बितेको पत्तै पाएन।
कुन्नि कुन चाहिँ महर्षिले बोली बक्सेको हो। खुशी पैसामा मिल्छ भनेर सुने। र पैसाको पछि लागेर परिवार छोडेर थोरैले पुगेको ठाउँ छोडेर धेरै कमाउन परदेश हान्नियो।
परदेश ले पैसा दियो, पैसाले पारिवारिक समस्या हल गर्यो तर मैले खोजेको खुशी!
र त एक दिनको भित्र्याएको एक साँझ म सागर छेउको किनारमा पुगे अनि सोधे सागरको छाललाई लिएर आयौं त खुशीको लहर… –
पाँचखाल-११,काभ्रेपलान्चोक
Facebook Comment