गायक बिजय महर्जनको ‘मेरी सपनी कि रानी’ सार्बजनिक
काठमाडाैं। गायक विजय महर्जनको ‘मेरी सपनी कि रानी’ गीत सार्बजनिक भएको छ। विश्वज्योति हलमा आयोजित कार्यक्रममा गायिका लोचन भट्टराईले सार्बजनिक गरेकी हुन्। सो गीतको रचनाकार महर्जन स्वयं हुन्। गीतको संगितकार दीपक रमण हुन्।
निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जन छन्। गीतको प्रस्तुती सानु महर्जन, गितको एरेन्जर सञ्जय हमाल छन्। गीतमा गायक महर्जन र मोडलहरु अर्जुन शाक्य र सृतिका श्रेष्ठ छन्। गीतलाई ओएसआर डिजिटलले सार्बजनिक गरेको हो।
गीतको परियोजना म्यानेजर वीरेन्द्र थापा, सिनेमेटो ग्राफर सोहन मानन्धर, एसिस्टेन्ट प्रोजेक्ट म्यानेजर नरेश सुनाम, ऐसिस्टेन्ट मेनेजर देवराज न्यौपाने, एसिस्टेन्ट डाइरेक्टर सृष्टी महर्जन, मिडिया डिजाइन ज्योति म्युजिक रहेको छ।
गीत सार्बजनिक गर्दै गायिका भट्टराईले युवा जमातले मनपराउने खालको गित भएको टिप्पणी गरिन्। उनले भनिन्, गीतले सबैको मन जित्न सक्नेछ। गितमा रोमान्टीट डान्स राखिएको छ । जुन डान्सले दर्शकको मन छुनेछ भने गितको शब्दले स्रोताको मन चुम्नेछ।’
निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनले गायक महर्जनको स्वरमा तयार भएको गीतले युवा जमातको मन तान्न सफल हुने बताइन्। उनले भनिन्, मलाई यो गितको निर्देशन गर्न आनन्द आएको छ। गीतले सबैका मन जित्ने अपेक्षा गरेको छु।’
बढीजसो नेवारी गित गाएका महर्जनको मेरी सपना कि रानी गितले थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। ललितपुर महानगरपालिका–१८ का अध्यक्ष दामोदर खड्काले आफ्नो वडाका महर्जनको प्रतिभालाई तारिफ गर्दै अबको दिनमा वडा कार्यालयको सहयोग रहने बताए।
उनले स्थानीय थानागाउमा अगर धिमेबाजा पुचःमा नेपाल भाषाका गित र संगितलाई संरक्षण गर्न जुटेका महर्जनको नयाँ गितले थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
लामो समयदेखि गीत र संगीतमा लागेका महर्जनले विभिन्न सांगेतिक कार्यक्रममा गीत प्रस्तुत गरेका छन्। उनले नेपाल भाषा र हिन्दी भाषाको गित गाउने, मादल, धिमेबाजा र ड्रमसेट बजाउन पोख्त छन्।
Facebook Comment