अमेरिकामा ठगीको आरोप लागेपछि गौतम अडानीका कम्पनीको शेयरमा भारी गिरावट
काठमाडौं । बिहीबार भारतीय सेयर बजार बन्द हुँदा अडानी समूहका कम्पनीहरुको शेयरको मूल्यमा भारी गिरावट आएको छ ।
अडानी समूहको कम्पनी अडानी इनर्जीको शेयर यस वर्षकै सबैभन्दा ठूलो गिरावटसँगै बन्द भएको छ । अडानी इनर्जीको सेयर २० प्रतिशत वा १७४ अंकले घटेर ६९७.७० अंकमा बन्द भयो ।
यसबाहेक अडानी समूहका अन्य कम्पनीको सेयरको मूल्य पनि घटेको छ ।
अडानी इन्टरप्राइजेजको शेयर २२ दशमलव ६१ प्रतिशत र ६३७ दशमलव ६५ अंकले घटेर २१८१ दशमलव ५५ अंकमा बन्द भएको छ ।
यसबाहेक अदानी ग्रीन इनर्जीको सेयर १८ दशमलव ८० प्रतिशत र अदानी पोर्ट्सको सेयर १३ दशमलव ३५ प्रतिशतले घटेर बन्द भएको छ ।
प्रतिक्रिया
Facebook Comment