शंकर पोख्रेलको प्रश्न: स्वाधिनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु गलत हो?
काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमाले नेतृत्वको सरकारले रेल,सुरुङमार्ग र पानीजहाजको अवधारणा अघि सार्नु गलत नभएको जिकिर गरेका छन्।
एमालेले आज काठमाडौंमा गर्न लागेको जागरसभा र भइरहेको आलोचनाप्रति संकेत गर्दै महासचिव पोखरेलले मुलुकमा अस्थिरता सिर्जना गर्ने उद्देश्यले प्रायोजित रूपमा सिर्जना गरेका षड्यन्त्र तथा भ्रमबाट समाज र राजनीतिलाई मुक्त गर्न आग्रह समेत गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा नौ वटा प्रश्न गर्दै पोखरेलले गरेका कामहरू कसरी गलत भए? भनेर सोधेका छन्। एमालेले स्वाधिनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो भन्दै उनले प्रश्न गरेका छन्।
यस्ता छन् पोख्रेलले राखेका प्रश्न
नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कस्को प्रायोजनमा भइरहेको छ ?
के नेकपा(एमाले)ले स्वाधिनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?
नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरु अघि वढाउनु, सुरुङ,रेल र पानी जहाजको योजना अघिसार्नु ग़लत हो ?
नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरुवाट सहुलितपूर्ण ऋण सहायता लिनु के ग़लत हो ?
-नेपाललाई भूपरिवेष्ठित मुलुकवाट भूजडित मुलुकमा वदल्नका लागि उत्तरी छिमेकी चिनसंग व्यापार र पारवाहन संझौता गर्नु गलत हो ?
के भारतको कलकत्ता पोर्टको विकल्पका रुपमा भारतवाट थप वन्दरगाहा प्रयोगको अधिकार सुनिश्चित गर्नु ग़लत हो ?
के नेपालले भैरहवा गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि भारतसंग अनुकुल एअररुटको माग गर्नु गलत हो ?
के नेपालले आफूलाई स्वाधिन राष्ट्रकारुपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?
के राष्ट्रको विकास र समृद्धिका लागि सहुलितपूर्ण ऋण सहायता परिचालन गर्नु गलत हो ?
Facebook Comment