९२ किलो गाँजासहित चार जना पक्राउ

डिसी नेपाल
७ मंसिर २०८१ १७:४९

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट ९२ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१६ बाइपास सडकखण्डमा वडा प्रहरी कार्यालय विर्ता लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले ना.४ ख ९२५८ नम्बरको मिनी कन्टेनर ट्रकलाई रोकी चेकजाँच गरेको थियो।

जाँचको क्रममा ट्रकभित्र चार वटा बोरामा लुकाइ राखिएको प्रतिबन्धित ८५ केजी गाँजा प्रहरीले बरामद गरेको थियो। गाँजासहित सिन्धुपालचोक बलेफी गाउँपालिका–६ बस्ने ३६ बर्षिय शान्त वहादुर तिमिल्सिना, मकवानपुर भिमफेदी गाउँपालिका–९ बस्ने ४८ बर्षिय प्रृम रुम्बा र कैलाश गाउँपालिका–१ बस्ने २८ बर्षिय सुर्य बहादुर मोक्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै वीरगञ्ज्–१६ शंकराचार्य गेट स्थित प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले चेकजाँचको क्रममा गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जाँचको क्रममा वीरञ्जबाट भारतको रक्सौलतर्फ जादै गरेको अवस्थामा भारत विहार जिल्ला गोपालगञ्ज थाना महमदपुर ग्राम अमरपुरा बस्ने ६५ वर्षीय गोगल महतो नुनियालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनले बोकेको झोलाबाट सात केजी गाँजा बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ छ। गाँजासहित पक्राउ परेका चारै जनाविरुद्ध विरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रबक्ता लम्सालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *