कालिमाटीमा आज कुन तरकारीको थोक मूल्य कति?

डिसी नेपाल
८ मंसिर २०८१ ९:२७

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शनिबारका लागि तरकारीको थोक मूल्य सार्वजनिक गरिएको छ।

सार्वजनिक मूल्य अनुसार स्थानीय काउली ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। तराईको काउली १०५, लोकल ठूलो गोलभेडा ९५, सानो गोलभेडा ६७, टनेलको सानो गोलभेडा ७८.७५, रातो आलु ७०, सेतो आलु ५९.६७, प्याज १०९, गाजर १५५, बन्दा ९५, सेतो मुला ३५, लाम्चो भान्टा ६५, डल्लो भान्टा ७५, तने बोडी १३०, मटरकोशा १३०, घिउसिमी १३५ र टाटे सिमी ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

लौंका ९०, परवर ९५, चिचिण्डो ४५, घिरौला ७५, पाकेको फर्सी ३५, हरियो फर्सी लाम्चो ६५, हरियो फर्सी डल्लो ६५, भिण्डी ११५, बरेला ५५, स्कुस २५, रायो साग ४५, पालुङ्गो साग ९५, चमसुरको साग ११०, तोरीको साग ५५, मेथीको साग ११०, हरियो प्याज १२६.६७, बकुल्ला ११०, तरुल ९५, कन्ये च्याउ २००, डल्ले च्याउ ३७६.६७, राजा च्याउ २९०, ब्रोकाउली १५० र भेडे खुर्सानी ११० रुपैयाँ प्रतिकिलोमा बिक्री इरहेको कालिमाटी तरकारी बजारले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *