प्रिमियर लिगः आज सात खेल हुँदै

डिसी नेपाल
३२ साउन २०७६ १२:०४

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति विभिन्न सात खेलहरु हुँदैछ । लिगमा शनिबार साविकको विजेता म्यानचेस्टर सिटी, लिभरपुल, आर्सनल, टोटेनहम लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । शनिबार हुने पहिलो खेलमा आर्सनलले घरेलु मैदानमा बर्नलीको सामना गर्दैछ । आर्सनल र बर्नलीबीचको खेल नेपाली समय अनुसार बेलुका ५ः१५ मा सुरु हुनेछ ।

दुवै टिम लगातार दोस्रो जितको खोजीमा रहेका छन् । सिजनको पहिलो खेलमा दुवै टिमले जित निकालेका थिए । आर्सनलले न्युकसल युनाईटेडलाई १(० ले हराएको थियो भने बर्नलीले साउथह्याम्पटनको चुनौती पन्छाएको थियो । यस्तै लिभरपुलले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्नेछ ।

लिभरपुल र साउथह्याम्पटनबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ । साउथह्याम्पटनविरुद्ध मैदान उत्रदा लिभरपुल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा लिभरपुलले नर्विच सिटीलाई ४–१ ले हराएको थियो ।

तर, साउथह्याम्पटनविरुद्ध लिभरपुललाई गोलकिपरको अभाव रहनेछ । पहिलो रोजाईका एलिसन बेकर र एड्रियन पनि घाइते भएपछि लिभरपुल तेस्रो गोलकिपरको भरमा खेल्नेछ ।

यता, साउथह्याम्पटन भने पहिलो जितको खोजीमा रहनेछ । पहिलो खेलमा साउथह्याम्पटनले बर्नलीसँग ३–० ले हार व्यहोरेको थियो । त्यस्तै साविकको विजेता म्यानचेस्टर सिटीले अर्को उपाधि दाबेदार टिम टोटेनहमसँग खेल्दैछ । सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुने खेल नेपाली समय अनुसार रति १०ः१५ मा सुरु हुनेछ ।

सिटी र टोटेनहम दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछन् । पहिलो खेलमा सिटीले वेष्ट ह्यामलाई ५–० ले हराएको थियो । टोटेनहमले पहिलो खेलमा एस्टन भिल्लालाई ३–१ ले हराएको थियो ।

प्रिमियर लिग अन्तर्गत नै शनिबार एभर्टनले वाट्फोर्ड, एस्टन भिल्लाले बर्नेमाउथ, ब्राइटनले वेष्ट ह्याम र नर्विचले न्यु कास्टलसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *