सिनामंगलमा होटलमा मृत फेला परेका श्रीमान-श्रीमती
काठमाडौं। काठमाडौंको सिनामंगलमा होटलमा झुण्डिएको अवस्गामा मृत फेला परेका युवायुवती श्रीमान-श्रीमती रहेको खुलेको छ। आइतबार सिनामंगलको जन्मभूमि होटलको बरण्डामा दुई जना झुण्डिएको अवस्थामा फेला परेका थिए।
घटनास्थलमा पुगेको प्रहरीका अनुसार मृत फेला पर्नेमा ३४ वर्षका रमेशमाझी र २९ वर्षकी शर्मिला माझी भएको खुलेको छ। सुनसरीका रमेश र मोरङकी शर्मिला श्रीमान श्रीमती भएको पनि खुलेको प्रहरीले जनाएको छ।
उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए।
उनीहरु हिजो साँझ ७ बजेतिर होटलमा पुगेको खुलेको छ। चौथो तलाको १२० नम्बर कोठामा उनीहरु बसेका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। उनीहरुले आत्महत्या गरेको प्रहरीको आशंका छ।
आइतबार बिहान साढे ७ बजे प्रहरीलाई खबर भएपछि परिसर, प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको छ।
Facebook Comment