कांग्रेसको पक्षमा मतदान गर्न महामन्त्री शर्माको आग्रह
इनरुवा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन्। यही मङ्सिर १६ गते गढी गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचन प्रचारमा यहाँ आइपुगेका उनी आज आयोजित घरदैलो कार्यक्रममा सहभागी भएका थिए।
कांग्रेस विजयी भएमा जनताको समस्या समाधान हुने उनले दाबी गरे। कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो र संस्थागत हुने भएकाले कांग्रेसको जित आवश्यक रहेको उनको भनाइ थियो।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीसहितका सयौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
प्रतिक्रिया
Facebook Comment