कविता : अतितका दिन

शंकरप्रसाद रिजाल
१५ मंसिर २०८१ ७:१७

बितेको समय र दिन कहाँ आउँछ र फर्केर
गरेका भुल ती सारा कहाँ आउँछ र उर्लेर।

मनको सर्ब ती इच्छा कहाँ गयो बगी बगी
समयको पुनरागमनमा म परे सबैको पछि।

बग्ने खोलाको भेल बाढी आइ बगाउँछ
नराम्रा सबका थुप्रा बगाई पर पुर्‍याउँछ।

जीवन चक्रपनि त्यस्तै घुम्दै काहाँ पुग्दछ
बिशाल समय त्यो चक्र गुम्दै फेरि फिर्दछ।

समय गतिमा सबको सारा इच्छा मरिसक्यो
समयकै चालमा फेरि केही इच्छा उठिगयो।

फर्किँदा रहेछन् ती इच्छा जसरी त्यो मरिगयो
मरेको ती मेरा इच्छा कसरी त्यो उठिगयो।

समयकाल त्यो कालो जसको मुख नदेखिने
अघि अघि बढ्दा बढ्दै उसले चट्ट समातिने।

देखिन्न केही त्यो हात अँध्यारो रात बीचमा
भेटिन्न कोही व्यक्ति त्यो यो मानव शरीरमा।

नदीको पानी झैं बग्छ त्यो फर्किन्न कसैगरी
उसको लयमा सबै नाच्द्छन कठपुतली सरी।

जन्मेका छन् यहाँ लाखौँ मरेका छन् त्यसैगरी
रोकेर रोकिने छैन बितेका समय कसैगरी।

दिनले रात छोपे झैं रातले दिनको घडी
फसेका छन् सबै प्राणी यसै भूमरीमा परी।

बेलाको कर्मको फल सबैले भोग्नु पर्दछ।
आखिर समयको कुचक्रमा सबै पिस्सिनु पर्दछ।

दुष्कर्म नगरौं कैले दुर्भाव नजन्मियोस्
यो समय चक्रमा सुभाब सधैं रहोस्।

लडाईं, झगडा, झेल यहाँ कहिले हुँदै नहोस्
सारा मानव जातिको यहाँ खुसी रहिरहोस्।

कोही नहुन गरीब बिचरा खाने नपाइकन
कोही नरुन सुशील जनता बस्ने नपाइकन।

यसैगरी बिती जाओस् यो समय चक्रको घडी
संसारमा छुटी जाओस् सबै जनको यो छडी।

परीको कल्पना

तिमी सुन्दरी हौ कि स्वर्गकी परी सरी
यो लोककी हौ कि स्वर्गलोक कि सही।

मुहार तिम्रो कति रुप राम्रा
शरीर तिम्रो पनफूल हाम्रो।

पर्दा उठाई जबदेखि हेर्छु
प्रकाश ज्योति सबतिर देख्छु।

पुतली फूलमा रम्ने माहुरी रस चुस्ने
त्यो रुप देख्दा मन भित्र गढ्ने।

वसन्त तिम्रो सबतिर छर्ने
मिठो सुबास सबतिर भर्ने।

गहिरो प्रेम त्यो तिम्रो, परिधि बिशालमा
झझल्को आउने गर्छ यो मेरो निधारमा।

किन बढ्दैछ यो ढुकढुकी मनमा
तिमी आउँदै छौ कि यो मेरो नजरमा।

तिमी सुन्दरी हौ कि स्वर्गकी परी सरी
यो लोक की हौ कि स्वर्गकी चरी।

निलो आकास मुनि गुराँस, चाँपको फूल
ऐना जस्तो त्यो तिम्रो खुलेको मुख।

कसले सृष्टिगर्‍याे तिम्रो मान्छेको मन चोरन
ठूलो क्यानभासमा तिम्रो लाग्छु म चित्र कोरन।

बासना कति हो मिठो तिम्रो सुवास फूलको
सूर्य चन्द्रको मनमा भुल्ने तिम्रो मिठासको।

उठाई मोह पर्दाको उज्यालो तिमी देखिन
सजाइ रुप लज्जाको चन्द्रमा बनी सज्जिन।

पत्थर घोटी मणि भेट्ने यो मेरो देश नेपाल
विश्वमा कति झल्केको यो हाम्रो हिमाल।

इच्छा मनको ज्वाला मनमा बल्छ हर्हरी
खोज्दा जो नभेटिदा मन दुख्छ भत्भती।

तिमी धर्तीकी जुनकिरी हौ कि स्वर्गकी चरी
यो लोककी प्रकृति हौ कि स्वर्गकी परी।

लज्जाइ हिँड्छौ तिमी यो सहरमा
टोलाई रहन्छौ म भित्रको नजरमा।

म छोउँ तिम्रो कमलो शरीर
देख्दिन फेरि कुन हो सजीव।

आँखा उघारी मन भित्र हेर्छु
छाती फुलाइ कन फेरि देख्छु।

देख्छु म तिम्रो मुखको मुहार
संसार भुल्ने त्यो तिम्रो रुपको जुहार।

आकाश घुम्छ मन भित्र मेरो
पृथ्वी छ सानो मन भित्र मेरो।

नाच्ने नचाउने मनभित्र मेरो
छमछम नाचेको देख्छु ईश्वर भित्र मेरो।

कल्पना सागरको छाल उर्लिन्छ मनमा सधैं
बिचार सोचको हेर यो मेरो मनमा सधैं
बिचार सोचको हेर यो मेरो मनमा सधैं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *