गुजरातका ब्याट्सम्यान उर्भिल पटेलले २८ बलमा शतक बनाए
काठमाडौं । गुजरातका ब्याट्सम्यान उर्भिल पटेल टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी बनेका छन् ।
त्रिपुरा विरुद्ध सैयद मुश्ताक अली ट्रफीको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन् । उर्भिलले आफ्नो पारीमा १२ छक्का प्रहार गरेका थिए । उर्भिलले २८ बलमा शतक पूरा गरे ।
यसअघि भारतीय क्रिकेटर ऋषभ पन्तको नाममा टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान थियो । पन्तले २०१८ मा हिमाचल प्रदेशविरुद्ध दिल्लीबाट खेल्दा ३२ बलमा शतक बनाएका थिए ।
उर्भिल पटेलले ३५ बलमा अविजित ११३ रन बनाए । चाखलाग्दो कुरा के छ भने उनको अर्को सिजनको आईपीएल प्रतियोगितामा लिलामी भएको छैन ।
पहिले ब्याटिङ गरेको त्रिपुराले गुजरातलाई १५६ रनको लक्ष्य दिएको थियो । जसलाई गुजरातको टोलीले १०.२ ओभरमा मात्रै पुरा गर्यो ।
Facebook Comment