कथा : सूत्राधार
“मैले शिक्षण पेसाबाट स्वेच्छिक अवकाश लिएको पनि अठार महिना भै सकेछ। स्वास्थ्यले साथ नदिए पछि मैले अवकाश लिनु परेको हो। मलाई डिप्रेशन भएको छ। नियमित औषधि सेवन गरिरहेको छु। विगत पाँच वर्षदेखि म यो समस्यामा फसेको हुँ। धन्नले बाँचे। मरिन्छ जस्तै लागेको थियो। धेरै पीडा सहेर अहिले सहज भएको छ। अब यो समस्या पुनराबृत्ति हुँदैन होला।”
उसले राजीनामा दिनुको कारण प्रस्ट्यायो। उ मेहनती र इमान्दार शिक्षक थियो। जीवनमा गल्ती गर्ने छुट कसैलाई हुनु हँुदैन भन्ने सिद्धान्तको मान्यता बोक्ने प्रकाशलाई अचानक बोल्न मन नलाग्ने, खाना खान मन नहुने, टाउको भारी हुने, रुन मन लाग्ने, मर्न मन लाग्ने, डर लाग्ने र सुतिरहन मात्रै मन लाग्ने जस्ता समस्याले सताउन थाले पछि परिवारमा चिन्ता थपियो। शिक्षक साथीहरु र आफन्त जन पनि चिन्तित बने। कसरी यस्तो समस्या देखा पर्यो? सबैलाई चासो र चिन्ताको विषय बन्यो।
मानसिक रोगको लक्षण ठानी उसलाई उपचारार्थ भाइ प्रदीप र ज्वाइ लक्ष्मीद्वारा नोबेल मेडिकल कलेज विराटनगर लाने योजना बन्यो। कोरोना महामारी चलिरहेको थियो। कोरोनाका कारण विद्यालय, कार्यालय, उद्योग धन्दा, कलकारखाना, यातायात र बजार सबै बन्द थिए। हिँडडुलमा समेत एक किसिमको प्रतिबन्ध जस्तै थियो।
देश लकडाउनमा थियो। कोरोना समयमै उसलाई डिप्रेशन भएको होे। उपचारमा जान आउन सहज थिएन। जसो तसो अटो रिजर्भ गरेर उसलाई सलकपुरबाट विराटनगर लगियो। नोबेलमा मानसिक रोग विशेषज्ञ डा. पृथीबहादुर राईले लक्षणको आधारमा मानसिक रोग नै ठहर गरी उपचार सुरु गरे।
तीन महिना औषधि सेवन गराइयो। तर उनको औषधिले बीसको उन्नाइस भएन। नोबेलको उपचार काययाबी नभएपछि उसलाई मोरङ सहकारी अस्पताल विराटनगर लगियो। त्यहाँको औषधिले पनि कुनै काम गरेन। औषधि र डक्टर फेरेको कुनै औचित्यै भएन। डिप्रेशनको औषधि फेर बदल गर्नु हुँदैन रे।
औषधिले केही काम गर्दैन रे। यो सूत्र उसमा लागू भयो। मोरङ सहकारीको औषधि पनि उसले तीन महिना सेवन गर्यो। उसमा सुधारको लक्षण देखा पर्न सकेन। उ झन झन गलित भयो।
विराटनगरको उपचार फलदायी हुन नसके पछि उसलाई छोरो प्रतिरोध र भाइ प्रदीपद्वारा काठमाडौं लगियो। भाइ प्रदीप र विष्णुको समन्वयमा मेडिकेयर हस्पिटलमा बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्ववन्धु शर्मालाई भेटेर उनको औषधि सेवन गराइयो। एक हप्तामै सुधारका लक्षण देखा परे। उनको औषधिले छ महिना ठिक भयो। छ महिना पछि त्यो समस्या पुनारावृत्ति भयो।
समस्या पुनारावृत्ति भए पछि उसलाई परिवार, साथी भाइ र शुभचिन्तकको सल्लाह अनुसार भाइ कोविद र केशवद्वारा सिलगुढी लगियो। सिलगुढीको उपचार राम्रो हुन्छ भन्थे। सुधारको अपेक्षा राखेर उसलाई सिलगुढी लगिएको थियो। तर सिलगुढीको औषधि सेवनले झन समस्या थपियो।
उलाई पेट पोल्ने, टाउको भारि हुने, निद्रा नलाग्ने र बमिट हुने जस्ता समस्या देखा परे। सिलगुढीको औषधि उसलाई सुट हुनै सकेन। उसले सिलगुढीको औषधि सेवन गर्नै छोड्यो। र डा.विश्व बन्धुकै औषधि सेवन गर्न थाल्यो। उसले आफूलाई काबुमा राख्न सकिरहेको थिएन।
पीडा खप्न नसकेर उसले पटक पटक गोली हानि माग्यो। गोली हान्ने कसले? विष खुवार्इृृ माग्यो। विष खुवाउने कसले? उ अत्यन्तै विक्षिप्त बनिरहेको थियो। आमा, बुबालाई रोग माथि मानसिक तनाब थपियो। अव कहाँ लाने? के गर्ने? भन्ने चिन्ताले परिवारमा सकस थपियो। सबैका अनुहार मलिन र निन्याउरा देखिए।
सिलगुढीको औषधिले कुनै काम नगरे पछि पुनः उसलाई काठमाडौ नै लगियो। मेडिकेयर हस्पिटल मै बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. अम्बिका श्रेष्ठसँग उपचार सुरु गराइयो। तीन महिना औषधि सेवन गर्दा पनि सुधारको संकेत देखा परेन। उपचार पद्धतिले काम नगरे पछि उसको मनस्थिति झनै बिग्रेर गयो। उसलाई सम्हालिन निकै गाह्रो भयो। औषधि खानु र माटो खानु एउटै जस्तो भयो। डा. अम्बिकाको उपचार पनि फलदायी हुन सकेन।
सवारी साधन आफ्नै भएको कारण उपचार तथा फलो अपमा उसलाई नारायण ज्वाइँको उल्लेख्य सहयोग प्राप्त भयो। हस्पिटल लाने ल्याउने काम उहाँले झिँझो नमानी गर्नु भयो। ज्वाइँको सवारी साधन नहुँदो हो त उसले बाध्य भएर सार्वजनिक यातायतको साधन प्रयोग गर्नु पथ्र्यो। जुन महँगो र ढिलो थियो। त्यो पनि घरबाट चढ्न पाइँदैनथ्यो। माइक्रो चढ्न पनि हिँडेर बज्रबाराही आइपुग्नु पथ्र्याे। ट्राफिक जामको कारण घण्टौं ढिलो हुन सक्थ्यो।
काठमाडौ लगिएको बेला उसलाई एक रात गौरीघाटस्थित झंकनाथ दाइको घरमा राखेर भोलि पल्टदेखि बहिनी प्रतिमाको घर झरुवारासीमा बस्ने व्यवस्था मिलाइयो। हस्पिटलबाट बहिनीको घरको दूरी निकै टाढा थियो। अस्पताल जान बाइकबाट डेढ दुई घण्टाको समय लाग्थ्यो। तीन महिना औषधि सेवन गर्दा पनि उसको समस्या ज्युँ का त्युँ रहयो। उसले आफूलाई जिउँदो लाश ठानिरहेको थियो।
पीडा खप्न नसकी उसले पासोमा झुन्डिने प्रयत्न गर्यो। पासो चुँडिएर उसले पुनः जीवन दान प्राप्त गर्यो। आत्महत्याको हर्कत पछि बहिनीको घरबाट उसलाई आफ्नै घर दुलारी फर्काइयो। उ पीडामा छटपटिरहेकै थियो। जति औषधि सेवन गरे पनि उसलाई सहजता प्राप्त हुन सकिरहेको थिएन। न दिन, न रात उ रोएर बस्न थाल्यो।
उसलाई निन्द्रा लाग्दैन थियो। भोकको त कुरै नगरौँ। औषधि छोड्ने अवस्था थिएन। औषधि छोड्ने कुरामा कसैको सहमति भएन। उसले जर्बजस्ती औषधि सेवन गरि रह्यो।
उसलाई अनेकन विधि र पद्धतिबाट उपचार गराउने प्रयत्न गरियो। होमेयोपेथी र आयुर्वेदी औषधि पनि सेवन गराइयो। धरानस्थित घोपा क्यापमा काउन्सिलिङमा पनि लगियो। उसको असहमति हँुदा हँुदै धामी, झाक्री र भगवती भए ठाउँमा पुर्याइयो। झार फुक गराइयो। घरमै चिन्ता राखियो।
औषधिले त नभएको। धामी झाक्रीले गर्न नै के सक्थे र? सालो सुमनको आग्रहमा उर्लाबारी निशा आचार्यको योग शिविरमा एक महिना राखरे योग ध्यान गराइयो। योगले पनि कसरी ठिक हुन सक्थ्यो र। त्यो एक महिना उसलाई सजाय दिए जस्तै भयो। यन्त्रवत् उ योग र ध्यानमा सहभागि भयो।
उसमा सकारात्कम उर्जा प्राप्त भएन उसले कष्ट पूर्वक योग साधना गर्यो। छोरो प्रतिरोध र सालो सुमन उ ठिक हुने कुरामा विश्वस्त थिए। उ भने भित्र भित्रै रोइरहेको थियो। योग सकियो। दशैं आइ सकेको थियो उसलाई घर फर्काइयो। उसको समस्य ज्यूँ का त्युँ देखेर आमा, बुबा धेरै चिन्तित हुनु भयो।
श्रीमती र छोरीहरु वेचैनी बने। उ पीडा खप्न विवश थियो। उ हतास मनस्थितिमा बाँचिरहेको थियो। दशै कसरी बित्यो। उसलाई थाहै भएन। नोबेल विराटनगरमै डा. मुक्तिद्वारा बेड भर्ना गराएरै एक महिना उपचार गराउँदा पनि उसमा सकारात्मक परिवर्तन देखा परेन। उ पीडाले छट्पटि नै रह्यो।
छुट्टी मिलाएर अमेरिकाबाट बहिनी मन्दिरा र ज्वाइ हेमन्त नेपाल आएका थिए। उनीहरुकै विशेष परामर्शमा नेपालको उपचारले केही भएन, अव अन्तिम विकल्प राँची लैजानु पर्छ भन्ने घर सल्लाह भयो। राँची त लाने, कोसँग जाने? कसले लैजाने? हिन्दी वा अंग्रेजी बोल्न जान्ने हुनु पर्यो। मन्दिरा र ज्वाइ हेमन्तको समय टाइट थियो।
अमेरिका फर्कन नै हतार भइरहेको थियो। राँची जाने अनुकुलता नै मिलेन। अब अर्को विकल्प खोज्नु पर्ने भयो। खोजी गर्दै जाँदा राँचीमा लामो समय बसेर राँचीमै पढेका उसको पुरानो शिक्षक साथी निलाप्रसाद सरलाई अनुरोध गरौं न त भनी वहाँलाई खनारबाट फोन सम्पर्क गरी घरमा बोलाइयो। फुर्सद, बेफुर्सद के छ भन्दा फुर्सदै भएको कुरा गर्नु भयो।
वहाँ आएपछि सबै बेली विस्तार लगाएर राँची जानु पर्ने कुरा दर्शाइयो। वहाँको हेड सर हो उ। हेड सर विरामी! आश्र्चयमा पर्दै वहाँले हुन्छ भन्नु भयो। वहाँको मामाको सर्भिस र डेरा पनि राँची मै रहेछ। गएर बस्नलाई पनि समस्या नहुने भए पछि उसलाई छोरो प्रतिरोध र निलाप्रसाद सरको साथ लगाएर राँची पठाइयो।
राँचीमा चेक जाँच गरेर पाँच खाले औषधि दिइयो। एक महिना पछि फलो अपमा आउने शर्त सहित राँची अस्पतालले विदा दियो। राँचीको औषधिले पनि सुरुमा खासै काम गर्न सकेन। जेन तेन एकेमहिना बिताएर उसलाई फलो अपमा लगियो। सुधारको संकेत नदेखे पछि डक्टरले औषधिमा फेरबदल गरेर मात्रा मिलाई दिए।
८-१० महिना लाग्न सक्छ। टायम्ली औषधि खानु ठिक हुन्छ भने। केही समस्या भए फोन गर्नु भनेर ह्वाट्स्यप नम्बर दिए। डक्टरले नाम खुलाउनै चाहेनन्। राँचीको औषधि सेवन बाहेक उसँग अरु विकल्प नै के थियो र? उसलाई राँचीकै औषधि निरन्तर सेवन गराइने भयो। राँचीको औषधि नेपालमा नपाइने रहेछ।
औषधि किन्न समस्या हुने भयो। एक दुई पटक त राँची नै गएर छोरो प्रतिरोधले औषधि ल्याउने काम गर्यो। पछि जोगवनीमा प्राप्त हुने व्यवस्था मिलाइयो। करिव, करिव एक वर्षको औषधि सेवन पश्चात उसमा सामान्य सुधारका संकेत देखा परे। क्रमशः स्वाश्थ्यमा सुधार आयो। घर परिवार, आफन्त, नाता, गोता, इस्टमित्र र सर साथी भाई उसको सुधारोन्मुख स्वाश्थ्य प्रति सबैले खुशी व्यक्त गरे।
दुलारीमा उसको घर निर्माणाधीन थियो। कर्जुनाको घरमै हुँदा उसलाई योे समस्या दोखा परेको थियो। बहिनी ताराले उसको समस्या पहिचान गरेकी थिई। विरामी परे पछि घर बनाउने काममा केही असहजता थपियो। घर बनाउने सबै जिम्मेवारी उसकी पत्नी सुशीला र छोरो प्रतिरोधले लिनु पर्यो।
जेन तेन घर निर्माण सम्पन्न भयो।
कर्जुनामा बुबा,आमा मात्रै बस्न सक्ने परिस्थिति थिएन। बहिनी तारा पनि घर बनाएर विराटनगर गइ सकेकी थिई। भाइ प्रदीप पनि बुहारी मीनाको व्यवसाय सञ्चालनमा सहयोग गर्न काठमाडौ गइ सकेको थियो। आमा, बुबा दुवै जना रोगी भएका कारण खाना बनाएरै खान समस्या थियो।
दुहुनो गार्ई पनि थियो। तर घाँस खोले गर्न समस्या थियो। बुबालाई प्रेसर, कोल स्टोर, युरिक एसिड र प्रोष्टेटको समस्या छ भने आमालाई ढाडको नसा च्यापिने, कम्मरको हड्डी खिइने र मक्किने समस्या रहेको छ। मृगौलामा पत्थरीया पनि छ।
अबको विकल्प के हुन सक्छ? प्रकाशको स्वाश्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको थियो। दुलारीमा घर बनिसकेको परिस्थितिमा पारिवारिक सल्लाह अनुसार आमा, बुबालाई दुलारी नै ल्याउने निर्णय भयो।
आमा बुबाले पनि सहमति जनाउनु भयो। आमा, बुबा दुलारी आउनु भयो। कर्जुनाको घरमा भएको गाई पनि दुलारी नै ल्याइयो। खेत अधिया लगाई घरमा साँचो लगाइयो। बुबा नियमित औषधिहरु सेवन गर्नु हुन्छ। आमाको नियमित औषधि त छैन। समस्याले भने प्राय सताइ रहन्छ।
अस्पताल लगेर डक्टरलाई पटक पटक देखाइयो। विभिन्न परीक्षणहरु भए। डक्टरकै सल्लाह अनुसार औषधि खुवाइयो। थेरापी गराइयो। मालिस तेलहरुको प्रयोग गराइयो तर आमाको समस्या ज्युँका त्युँ रहिरहेको छ। आमा निकै पीडामा हुनुहुन्छ। उपचार प्रभावकारी हुन सकिरहेको छैन।
अहिले त प्रकाशको छोरो प्रतिरोध र बुहारी अनुजा क्यानडा गइ सके। छोरी प्रज्ञा र ज्वाइ फिनल्यान्ड गए। माइली छोरी प्रतीक्षा घरमै छ। कान्छी छोरी श्रव्या गौशालामा छे। उसको प्रेम विवाह हो। विवाह पश्चात उ आएकी छैन। फोन सम्पर्क पनि हुन सकेको छैन। उ कुन हालतमा छे कसैलाई थाहा छैन। माइली छोरी प्रतीक्षाको विवाह गर्न बाँकी छ। मिले यो साल विवाह गर्ने योजना रहेको छ।
बुबा, आमा दिन प्रति दिन वृद्ध हुँदै गइ रहनु भएको छ। एक जनाले घर छोड्न मिल्दैन, औषधि, पानी खाजा र भातको व्यवस्थापन गर्नु पर्ने हुन्छ। बुबालाई पन्ध्र पन्ध्र दिनमा स्वास्थ्य समस्या देखा पर्छ। अस्पताल लगि रहनु पर्छ। आमा हड्डी दुखेर राम्ररी हिँड्डुल गर्न सक्नु हुन्न।
बुबा आफै निवृत्त शिक्षक हो। वहाँको मासिक निवृत्ति भरण रकम आउँछ। आमाको वृद्ध भत्ता आउँछ। आमा बुबालाई उसले खर्च बर्च दिनु परेको छैन। बुबाको औषधि किन्ने र स्वास्थ्योपचारमा बुबाकै निवृत्तिभरण रकमले पुगि रहेको छ। उसको पनि मासिक निवृत्तिभरण रकम आउँछ।
उसले औषधि खर्च, बैक लोनको सावाँ व्याज तिर्नै पर्छ। घर खर्च पनि चलाउनै पर्छ। उसलाई टुमटुमै छ। पर पाउना, इस्ट मित्र पनि आइनै रहन्छन। किनकि बुवा, आमा वृद्ध र रोगी हुनु हुन्छ। वहाँहरुलाई भेट्न र बोलाउन आउनेको संख्या उल्लेख्य रहेको हुन्छ। बुबा ८७ वर्ष र आमा ७७ वर्षको हुनुहुन्छ।
उसले सहज जीवन जिउँछु भन्ने आश मारि सकेको थियो। पीडा र छटपटि सहेर कहिले सम्म बाँच्ने होला भनेर उ फ्रस्टेड भइरहेको थियो। त्यसैले त उ मर्न चाहन्थ्यो। उसले मर्न प्रयत्न समेत गर्यो। मर्नु समस्याको समाधान हैन भन्ने कुरा उसको दिमागले एकिन गर्नै सकेन।
उसको मनस्थिति नै ठिक थिएन। के गर्ने ? के नगर्ने ? उ अन्यौलमै थियो। सबै बाटाहरु बन्द भए पछि मान्छेले मुक्ति खोज्दो रहेछ। मुक्तिका बाटाहरु अलग अलग हुन सक्छन्। उसले रोजेको मुक्तिको बाटो गलत थियो। उ कायर थिएन। कसरी कायर भयो ?
अहिले उ राँचीकै औषधि सेवन गरि रहेको छ। अहिले खासै समस्या छैन। एक्लै घु्म फिर गर्ने, किन मेल गर्ने, आफन्तकामा जाने आउने कामहरु गरिरहेको छ। जोगवनी आफैं जाने र औषधि किनेर ल्याउने काम पनि उ आफैं गर्छ। पहिला पहिला औषधि कति खेर खाने भन्ने पनि होश थिएन उसको। अहिले ठिक समयमा उ आफै औषधि खाने गर्छ।
उसलाई अव औषधि छोडे पनि हुन्छ जस्तो लागेको छ। तर छोडी हाल्ने निणर्यमा उ पुग्न सकेको छैन। डक्टरलाई भेट्नु पर्यो। पुनः परीक्षण हुनु पर्यो। डक्टरको सल्लाह अनुसार डोज घटाउने? या औषधि सेवन गर्न छोड्ने? उपयुक्त बाटो रोज्न आफू खुशी हैन डक्टरको परामर्शनै आवश्यक पर्ने भएको हुँदा उसले एक पटक राँची जाने सोच बनाइ रहेको छ। भाषाको समस्याले गर्दा उ एक्लै जान सक्दैन।
राँची जाने रुट त उसलाई थाहा छ। अहिले त छोरो प्रतिरोध पनि छैन। एक जना साथी त चाहियो। उसलाई हिन्दी आउँदैन। अंग्रेजीमा सबै कुरा व्यक्त गर्न पनि सक्दैन। तसर्थ निलाप्रसाद सरलाई अनुरोध गरेर जानु उपयुक्त होला भन्ने सोचिरहेको छ।
निलाप्रसाद सर धेरै वर्ष राँची वस्नु भएकोले वहाँ राँचीको रैथाने जस्तै हुनु हुन्छ। वहाँलाई हिन्दी र त्यहाँको स्थानीय भाषाको पूरै ज्ञान छ। वँहाको बुबा पनि राँचीकै सर्भिस होल्डर हुनुहुन्थ्यो। अहिले त उहाँ बिती सक्नु भयो।
प्रकाशको स्वास्थ्य स्थितिमा आएको सुधारले सबै जना खुशी छन्। उ साहित्य प्रेमी पनि हो। हिजो आज उ कथा, कविता लेखेर दिन कटाइ रहेको छ। पत्र पत्रिका र अनलाइनहरुमा उसका रचनाहरु फाट्ट फुट्ट प्रकाशन भै रहेका छन्। उसको लेखन यात्राले निरन्तरता पाउन सकेन। चालिसौ वर्ष ग्याप रह्यो।
निरन्तरता नपाए पछि स्तरीय रचना श्रृजना गर्न उसलाई हम्मे, हम्मे परिरहेको छ। उ चालिस दशक बाटै विलाप उपनामबाट लेख्ने गथ्र्यो। उसको हराएका टाउकाहरु नामक छेस्के कविता संग्रह प्रकाशित पनि छ। यो प्रकाशन ०५० सालमा भएको थियो।
डिप्रेशनको समस्या हुँदा उ निस्कृय थियो। प्रायः उ रोइ रहन्थ्यो। सुति मात्रै रहन्थ्यो। लेख पढ ठप्प थियो। अहिले उ लेख पढ गर्दै साहित्यिक रचनाहरु श्रृजना गरि रहेको छ। उसमा आएको चामात्कारिक परिवर्तनमा राँचीको डक्टर नै सूत्राधार सिद्ध भएको छ।
सुन्दहरैंचा-६, दुलारी,मोरङ
Facebook Comment