मह चोरेको आरोपमा चार वर्षको जेल सजाय

डिसी नेपाल
१३ मंसिर २०८१ १५:३१

काठमाडौं । बुलन्दशहरको एक अदालतले एक निजी मौरी पालन केन्द्रमा चोरी गरेको अभियोगमा एक व्यक्तिलाई ४ वर्ष ७ महिना र ११ दिनको जेल सजाय सुनाएको छ ।

घटना २०१५ को हो जब रुदपुर बाङ्गर गाउँका अमरवीर सिंहलाई छतरीको मौरीपालन केन्द्रबाट ७६ बाकस चोरी गरेको आरोप लागेको थियो ।

यसपछि माहुरी केन्द्रका मालिक मोहम्मद उस्मानले २०१५ सेप्टेम्बर १० मा प्रहरीमा उजुरी दिएका थिए । अनुपशहर पुलिसले आईपीसीको धारा ३७९ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरेको थियो।

प्रहरीले सन् २०१६ मा अदालतमा आरोपपत्र दायर गरेको थियो । नौ वर्षसम्म चलेको सुनुवाइपछि अतिरिक्त न्यायधीश यज्ञेशकुमार सोनकरले यही नोभेम्बर २६ मा आरोपीलाई दोषी ठहर गरेका थिए ।

फैसला पछि, मोहम्मद उस्मानले भने “मैले सबै आशा त्यागेको थिएँ। तर अन्ततः न्याय प्राप्त भएको छ।” बुलन्दशहर एसएसपी श्लोक कुमारले भने, “यो पुलिसको प्रभावकारी लबिङका कारण भएको हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *