भारतीय क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेटलाई समस्यामा पारेको छ – शाहिद आफ्रिदी

डिसी नेपाल
१४ मंसिर २०८१ १२:३१

काठमाडौं । पाकिस्तानका पूर्व क्रिकेटर शाहिद अफ्रिदीले बीसीसीईका विषयमा बयान दिएका छन् । वास्तवमा च्याम्पियन्स ट्रफी २०२५ पाकिस्तानमा आयोजना हुने भएको छ । र, भारत यो प्रतियोगिता खेल्न पाकिस्तान जान आनाकानी गरिरहेको छ ।

भर्खरै मिडिया रिपोर्टहरूमा भनिएअनुसार बीसीसीआईले आईसीसीलाई भारतीय टोली च्याम्पियन्स ट्रफीको लागि पाकिस्तान नजाने जानकारी दिएको छ। भारतीय टोलीले सन् २००८ देखि पाकिस्तान भ्रमण गरेको छैन ।

सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीका लागि सिफारिस गरिएको हाइब्रिड मोडलको विरुद्धमा पीसीबीको अडानलाई शाहिद अफ्रिदीले पनि समर्थन गरेका छन्।

अफ्रिदीले एक्समा लेखेका छन् , ‘राजनीतिलाई खेलसँग जोडेर बीसीसीआईले अन्तर्राष्ट्रिय क्रिकेटलाई समस्यामा पारेको छ । म हाइब्रिड मोडेलको बिरूद्ध पीसीबीको अडानलाई पूर्ण समर्थन गर्दछु।”

शाहिद अफ्रिदीले पीसीबीको समर्थनको कारण बताउँदै लेखे, “पाकिस्तानले (सुरक्षा चिन्ताको बाबजुद) २६/११ पछि द्विपक्षीय शृंखला सहित पाँच पटक भारत भ्रमण गरेको छ। अब आईसीसी र यसको बोर्ड अफ डाइरेक्टरहरूले निष्पक्षता कायम राख्ने र आफ्नो अधिकार प्रयोग गर्ने समय आएको छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *