अण्डर १९ एसिया कप : श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

डिसी नेपाल
१४ मंसिर २०८१ १४:२१

काठमाडौं । युएइमा जारी अण्डर १९ एसिया कप क्रिकेटमा नेपालले श्रीलंकाविरुद्ध २२५ रनको लक्ष्य पाएको छ । अबु धाबीमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको हो ।

श्रीलंकाका लागि शरुजन शन्मुगनाथनले सर्वाधिक ६२ रन बनाए । लाक्विन अभिसिंगेले ५० रनको अर्धशतकीय पारी खेले । कविजा गमागेले ३७ रन बनाए । दुल्निथ सिगेरा र विमथ दिन्साराले समान २४ रन बनाए ।

नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । युवराज खत्रीले २ विकेट लिए । कप्तान हेमन्त धामी र नरेन साउदले १–१ विकेट लिए । नेपालले अब केहीबेरमा ब्याटिङ थाल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *