विद्यालयको गेट ढल्दा दुई विद्यार्थी घाइते

डिसी नेपाल
१४ मंसिर २०८१ १५:१६

सिरहा । सिरहाको नरहामा शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते भएको छन्।

घाइतेमध्ये एकको अवस्था गम्भीर छ। नरहा गाउँपालिका-१ गौरहास्थित श्री आधारभूत विद्यालयको फलामे गेट ढलेर चोट लाग्दा कक्षा ४ मा अध्ययनरत कासिन्द सदायका छोरा १० वर्षीय राजेश र फुलकुमार यादवका ११ वर्षीय छोरा प्रिन्स घाइते भएका हुन्।

घाइतेमध्ये राजेशको अवस्था गम्भीर छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई थप उपचारका लागि विराटनगर लगिएको विद्यालयका शिक्षक रामजुलुम यादवले बताए। उनले, ‘प्रिन्सको पिठ्युमा घाउ लागेको र अवस्था चिन्तामुक्त रहेकाले गोलबजारस्थित लाइफ लंग अस्पतालमा उपचार भइरहेको छ।’ फलामे ढोकाले लागेर राजेशको टाउकोमा गम्भीर चोट लागेको शिक्षक यादवको भनाइ छ।

यता, कार्यालय सहयोगीले विद्यार्थीलाई गेट खोल्न लगाउदा घटना हुनपुगेको स्थानीयको आरोप छ। ढोका खोल्दा ढोकाबाट साउन्ड आयो र एकैपल्ट ढोका झर्दा विद्यार्थीको भागाभाग भएको थियो। सो क्रममा दुई विद्यार्थी घाइते भएका छन्।

विद्यालयका कार्यालय सहयोगी मुख्य स्लाइड गेट आधी मात्र खोलेर कक्षा कोठा र कार्यालय खोल्न गएपछि राजेशले गेटमा चढेर प्रिन्सलाई धकेल्न लगाउदा गेटको चक्का उछुट्टिएर ढल्दा चोट लागेको शिक्षकको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *