रविसँग लिइयो साढे ६ घण्टा लामो बयान
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजका लागि बयान सकिएको छ।
आज उनले करिब साढे ६ घण्टा लामो बयान दिएका छन्।
हिजो काठमाडौं ल्याईएका उनको आजबाट बयान सुरू भएको हो। जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको जनाईएको छ।
प्रतिक्रिया
Facebook Comment