ट्रम्पसँग कुरा गरेपछि मेक्सिकोकी राष्ट्रपतिले किन सफाइ दिनुपर्यो ?
काठमाडौं । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीबारे अमेरिकाले स्पष्ट जानकारी दिनुपर्ने बताएकी छीन् । वास्तवमा यो वार्तालाई लिएर दुवै देशका नेताहरुले फरक–फरक अभिव्यक्ति दिएका छन् ।
बुधवार, ट्रम्पले भनेका थिए – ‘शेनबाउम मेक्सिकोबाट अवैध आप्रवासन रोक्न सहमत भएकी छिन्, जसले अमेरिकाको दक्षिणी सीमा बन्द गर्न नेतृत्व गर्नेछिन्।’
ट्रम्पको यो बयानपछि मेक्सिकोकी राष्ट्रपतिले बयान दिनुपरेको हो । शेनबाउमले भनेअनुसार उनले मेक्सिकोको स्थितिलाई मात्र दोहोर्याइन् र सिमाना बन्द गर्नुको सट्टा दुई देशका सरकार र जनता बीचको बलियो सम्बन्धको लागि आह्वान गरिन्।
यसअघि सोमबार ट्रम्पले जनवरीमा आफ्नो कार्यकाल सुरु भएपछि मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । उनले चीनमा १० प्रतिशत कर लगाउने घोषणा पनि गरेका छन् ।
मेक्सिको र क्यानडाले अमेरिकातर्फ हुने अवैध आप्रवासन र लागुऔषधको तस्करी रोक्ने हो भने मात्रै मेक्सिको र क्यानडालाई आयात शुल्कबाट छुट दिने ट्रम्पले बताएका छन् ।
Facebook Comment