यु-१९ एसिया कपमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित
काठमाडौं । युएईमा जारी यु-१९ एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको छ।
श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा समेटिँदा मायन यादवले सर्वाधिक ६१ रनको योगदान दिएका थिए।
आकाश त्रिपाठीले १९, उत्तम मगरले १४, नरेन भट्टले १७ र अर्जुन कुमालले १२–१२ रन बनाए । बलिङका श्रीलंकाका प्रविन मनिषले सर्वाधिक ३ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो।
प्रतिक्रिया
Facebook Comment