कविता : रैथाने भिड

दिनेश घिमिरे
१५ मंसिर २०८१ ८:१६

रैथाने भिड मलाई परीक्षण गरिरहन्छ
कहिले कुन नाममा कहिले कुन नाममा
रैथाने भिड अनेकन् प्रश्नहरूमा जोखिरहन्छ
भिडभित्रको बिबेकशून्यतामा म हराइरहन्छु।

रैथाने भिड मलाई सम्बन्धमा जोखिरहन्छ
कहिले कुन सम्बन्धमा कहिले कुनमा
मेरो तौल कता कम भइदिन्छ कता भारी
भिड मलाई सम्बन्धको दौडमा जोखिरहन्छ।

भिड मलाई आम्दानीको तौलमा जोखिरहन्छ
कहिले खर्चको अबस्थामा कहिले जीवनमा
कतातिरको अबस्थिति कस्तो प्रकारको छ
रैथाने भिड मेरो स्तरको जोहोमा जोखिरहन्छ।

रैथाने भिड घरिघरि अनेकन् प्रश्नहरूमा
मैरो अबस्थितिको स्बरूप जोखिरहन्छ
भिड आफ्नो आबश्यकतामा मलाई हेरिरहन्छ
तत् ब्याख्यामा मलाई हरपल जोखिरहन्छ।

रैथाने भिड कहिले मेरो आबश्यकतामा
आफ्नो अनिबार्यतालाई परिपक्क ढंगले
अडसमठस् अगाडि पहाड बनेर उभिइदिन्छ
म बिबश सम्बन्धको आडमा तर्पण गरिदिन्छु।

रैथाने भिड कहिले मलाई समान अस्तित्वमा
बिषेश प्रकारले लेपित अर्थमा हेरिदिन्छ
सहनै नसक्ने गरी बुझेका झेलहरूमा
म आफ्नै बिबेकको आत्मदाह गरिदिन्छु।

रैथाने भिड कहिले मैरो अस्तित्व भित्र
जीवित अस्तित्वको ब्याख्या खोजिरहन्छ
म हरेकतामा आफ्नो जीवन भर्न खोज्छु
भिड म भित्र प्रतिद्वन्द्व लेपन गरिरहन्छ।

रैथाने भिड मानौं द्वन्द्व हो समाजको
हरपल हर उमेर जीवन हिसाब खोजिरहन्छ
म जीवनको शैली समान बनाउन खोज्छु
भिड मसँग जीवनको अर्थ खोजिरहन्छ।

विरूवा, भक्तपुर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *