एनपिएल खेल्न ४० विदेशी खेलाडी नेपालमा, कुन टिमको खेल कहिले?

डिसी नेपाल
१५ मंसिर २०८१ ९:२५

काठमाडौं। नेपाली क्रिकेट विश्वका ठूला देशहरुको लागि पनि आकर्षणको विषय बन्दै आएको छ।

खासगरि युवा खेलाडीहरुको आकर्षक पारी र क्रिकेटप्रेमीहरुले मैदानमा देखाउने सक्रियता र उत्साहले नेपाली क्रिकेटको बारेमा विश्वभर नै चर्चा परिचर्चा हुने गरेको छ। यस्तो अवस्थामा नेपालमा पहिलो पटक आज देखि नेपाल प्रिमियर लिग (एनपिएल) शुरु हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता खेल्नको लागि विश्वका चर्चित खेलाडीहरु नेपाल आइसकेका छन्। त्यसले पनि नेपाली क्रिकेटलाई थप अन्तराष्ट्रिय चर्चा बनाएको छ। त्यहीकारण यो प्रतियोगिताका सम्पूर्ण खेलहरु खेल जगतका प्रतिष्ठित टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दैछ।

कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा शनिबार एनपीएलको भव्य शुभारम्भ हुनेछ। उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुने भएको छ।

पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। सबै टिमले विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडीलाई मैदानमा उतार्दैछन्।

खेल तालिका

मंसिर १५ – १२.१५ बजे – विराटनगर भर्सेस जनकपुर

मंसिर १७ गते – ९.१५ बजे – काठमाडौं भर्सेस चितवन

मंसिर १७ गते – १.१५ बजे – जनकपुर भर्सेस कर्णाली

मंसिर १८ गते – ९.१५ बजे – सुदुरपश्चिम भर्सेस विराटनगर

मंसिर १८ गते – १.१५ बजे – चितवन भर्सेस पोखरा

मंसिर १९ गते – ९.१५ बजे – कर्णाली भर्सेस काठमाडौं

मंसिर १९ गते – १.१५ बजे – विराटनगर भर्सेस लुम्बिनी

मंसिर २० गते – ९.१५ बजे – पोखरा भर्सेस जनकपुर

मंसिर २० गते – १.१५ बजे – काठमाडौं भर्सेस सुदुरपश्चिम

मंसिर २१ गते – ९.१५ बजे – कर्णाली भर्सेस चितवन

मंसिर २१ गते – १.१५ बजे – लुम्बिनी भर्सेस पोखरा

मंसिर २२ गते – ९.१५ बजे – लुम्बिनी भर्सेस सुदुरपश्चिम

मंसिर २२ गते – १.१५ बजे – कर्णाली भर्सेस विराटनगर

मंसिर २३ गते – ९.१५ बजे – जनकपुर भर्सेस लुम्बिनी

मंसिर २३ गते – १.१५ बजे – सुदूरपश्चिम भर्सेस चितवन

मंसिर २५ गते – ९.१५ बजे – चितवन भर्सेस लुम्बिनी

मंसिर २५ गते – १.१५ बजे – कर्णाली भर्सेस पोखरा

मंसिर २६ गते – ९.१५ बजे – जनकपुर भर्सेस सुदुरपश्चिम

मंसिर २६ गते – १.१५ बजे – काठमाडौं भर्सेस लुम्बिनी

मंसिर २७ गते – ९.१५ बजे – पोखरा भर्सेस विराटनगर

मंसिर २७ गते – १.१५ बजे – काठमाडौं भर्सेस जनकपुर

मंसिर २८ गते – ९.१५ बजे – लुम्बिनी भर्सेस कर्णाली

मंसिर २८ गते – १.१५ बजे – विराटनगर भर्सेस चितवन

मंसिर २९ गते – ९.१५ बजे – काठमाडौं भर्सेस पोखरा

मंसिर २९ गते – १.१५ बजे – जनकपुर भर्सेस चितवन

मंसिर ३० गते – ९.१५ बजे – काठमाडौं भर्सेस विराटनगर

मंसिर ३० गते – १.१५ बजे – पोखरा भर्सेस सुदूरपश्चिम

पुस १ गते – ९.१५ बजे – सुदूरपश्चिम भर्सेस कर्णाली

पुस ३ गते – ९.१५ बजे – तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर)

पुस ३ गते – १.१५ बजे – पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर)

पुस ४ गते – १२.१५ बजे – एलिमिनेटर विजेता भर्सेस (पहिलो क्वालिफायर) पराजित (दोस्रो क्वालिफायर)

पुस ६ गते – १२.१५ बजे – फाइनल (पहिलो क्वालिफायरविजेता भर्सेस दोस्रो क्वालिफायर विजेता)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *