स्थानीयतह उपनिर्वाचनः मोरङको ग्रामथान गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी

डिसी नेपाल
१७ मंसिर २०८१ ९:०१

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकामा भएको स्थानिय तहको उपनिर्वाचनमा माओवादीका नमोनारायण माझी विजयी भएका छन् ।

माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन् । यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए ।

ग्रामथानमा यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *