धर्मान्तरणले ल्याउने असोचनीय र भयानक परिणाम
“धर्म कुनै पनी व्यक्तिको निजि विचार हो, यो उसको नितान्त निजी मामिला हो। हरेक व्यक्तिले उसलाई मन परेको धर्म मान्न पाउनुपर्छ। यो उसको मौलिक अधिकार हो। धार्मिक स्वतन्त्रता लोकतन्त्रको सार्वभौम मर्म हो।”
नेपालमा यो भाष्यलाई बलियो गरि स्थापित गरिएको छ। यो भाष्यको प्रयोग मार्फत नेपालको राजनैतिक नेतृत्व, न्याय प्रणाली, नागरिक समाज, पत्रकार, सन्चार माध्यम र बुद्धिजिवि वर्गले नेपाली समाजमा सामुहिक धर्मान्तरणलाई प्रोत्साहन गर्दै आएको छ।
अत्यन्तै निकृष्ट रूपमा धार्मिक साम्राज्यवादको दलाली गर्दै आएको छ। अहिले नेपाली समाजमा जसरी सामुहिक धर्मान्तरण भैइरहेको छ यसले निकट भविष्यमै नेपालका धेरै जाती तथा समुदायको अस्तित्व र पहिचान समाप्त पार्ने कुरामा कुनै शंका छैन।
धर्मान्तरण आज एकाएक आएको परिघटना भने होइन। डक्ट्रिनमा आधारित संगठित धर्महरुको उदय भएदेखि नै धर्मान्तरणको प्रकृया चल्दै आएको हो। संगठित धर्मको विस्तारले गर्दा आजसम्ममा विश्वका विभिन्न समाजमा रहेका हजारौं रैथाने धर्म संस्कृतिको नामोनिशान मेटिएको छ।
खास गरेर ईशाको सताब्दी पछाडि उदय भएका इशाई र स्लाम मतको तिब्र तथा आक्रमक विस्तारको कारणले दुई अमेरिकी महाद्वीप, अफ्रिका र अस्ट्रेलियाका लगभग सबैजसो ठाउँबाट तथा एशियाका धेरै समाजबाट रैथाने धर्म संस्कृतिको लोप भइसकेको छ।
दुई अमेरिकी महाद्विप र अष्ट्रेलियाबाट मौलिक धर्म संस्कृति मात्रै लोप भएन करोडौं रैथाने बासिन्दाको सफाया पनि गरियो। यो कुनै बनावटी कथा होइन। यो त रगतले लत्पतिएको इतिहास हो।
धर्म साम्राज्यवादको सबैभन्दा बलियो हतियार र धर्मान्तरण यसको सबैभन्दा डरलाग्दो तथा दीर्घकालीन आयाम हो। साम्राज्यवादले धर्मान्तरणमार्फत अन्य समाजलाई मानसिक र मनोबैज्ञानिक गुलाम बनाउँछ। धर्मान्तरणले सम्बन्धित समाजको मौलिक पहिचान र संस्कृतिको हत्या गर्छ। यो हाम्रै आँखाले देखेको जगजाहेर सत्य हो।
कुनै प्रपोगान्डा होइन। धर्मान्तरणले समाजमा यो भन्दा अझै भयनाक परिणाम ल्याउँछ जुन कुरा हाम्रो देशका कथित बुद्धिजीवीहरुलाई थाहा नभएको होकि भन्ने आभास हुन्छ। अरु त अरु भए साम्राज्यवादको विरोध गरेर कहिल्यै पनि नथाक्ने नेपालका कम्युनिष्टहरुले पनि धर्मान्तरण साम्राज्यवादको एक घातक स्वरुप हो भनेर आजसम्म एक शब्द पनि बोलेका छैनन्। नेपालका कथित बुद्धिजीवीहरुको त के कुरा गर्नु।
धर्मान्तरण र धर्म परिवर्तन रेला ठट्टाको बिषय होइन। यसलाई लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रतासँग मात्रै जोडेर हल्का रूपमा लिनु हुँदैन ।कालन्तरमा धर्मान्तरणले समाजमा ज्यादै डरलाग्दो परिणाम लिएर आउँछ। अहिले नेपालमा एउटा निहित उद्देश्य र षड्यन्त्रसहित सामुहिक धर्मान्तरण गरिँदैछ। यसलाई गम्भिर रूपमा लिएर बेलैमा नियन्त्रण गर्नुपर्छ।यसैमा देश र समाजको भलाइ हुनेछ।
उनीहरुको विचार र उनीहरुले गरेको बहस देख्दा लाज लाग्छ। उनीहरुप्रति टिठ लागेर आउँछ।यी कथित बुद्धिजीवीहरु आफ्नै खोज र चिन्तनले बुद्धिजीवी भएका पनि होइनन्। बरु उनीहरु त अरु कसैले बनाइदिएको भाष्य र दृष्टिकोणको रटान लाएर बनाइएका तयारि बुद्धिजीवी मात्रै हुन्।
यस्ता बनिबनाउ बुद्धिजीवी र कम्युनिष्टहरुले आजसम्म कहिले र कतै पनि वहस र छलफलमा नल्याएको सामुहिक धर्मान्तरणले समाजमा ल्याउने असरको विषयमा छोटो चर्चा गरौं।
धर्म परिवर्तन गरेको समाज दासमा रुपान्तरण हुन्छ
धर्म परिवर्तन गरेको समाजले रैथाने मिथक, मानक र मुल्यमान्यतालाई छाडेर अन्य समाजको भाष्य र दृष्टिकोणलाई अबलम्बन गर्छ। त्यो समाजलाई हिजोसम्म आफूले मान्दै आएको मूल्य मान्यता र परम्परा गलत रहेछ, झुटो रहेछ भन्ने लाग्छ।
हिजोसम्म हामी गलत बाटोमा रहेछौं भन्ने लाग्छ। हिनताबोध हुन्छ। यसरी उक्त समाजले आफ्नो आत्म स्वभिमान र आत्मविश्वास गुमाउँछ। अब उसले अरु कसैलाई नै मालिक मान्छ।उसैलाई आदर्श ठान्छ।जसरी इशाइ मत मान्ने गैर श्वेत समाजले गोरा समाजलाई श्रेष्ठ र आदर्श मान्छ।
त्यस्तै स्लाम धर्म मान्ने गैर अरबी समाजले अरबीहरुलाई श्रेष्ठ र आदर्श ठान्छ। दक्षिण एसिया भन्दा अन्य ठाउँको हिन्दुले दक्षिण एसियाको हिन्दु समाजलाई आर्दर्श मान्छ। यसरी अर्को समाजलाई श्रेष्ठ र आदर्श मान्ने समाजको आत्म स्वभिमान र आत्मविश्वास कमजोर हुन्छ।
त्यो समाज हिनताबोधको भावनाले ग्रसित हुन्छ। कमजोर आत्म विश्वास र कमजोर स्वभिमान भएको अनि आफ्नो मौलिक दर्शन र दृष्टिकोण नभएको समाज प्रत्यक्ष अप्रत्यक्ष रूपमा अरु कसैको निर्देशन र नियन्त्रणमा चल्छ। त्यो समाज दासमा रुपान्तरण हुन्छ।
मौलिक धर्म र संस्कृति जिउँदो जाग्दो रहेका चीन, भारत र गोरा समाजले हिजोदेखी आजसम्म बाँकी समाज लाई नेतृत्व र नियन्त्रण गर्दै आएका छन्। मौलिक धर्म जीवित रहेको समाजको आफ्नै दृष्टिकोण हुन्छ। त्यो समाजको आत्मविश्वास , आत्मस्वभिमान र मनोविज्ञान बलियो हुन्छ।
उसले सधैं नेतृत्वदायी भुमिका निर्वाह गर्छ।यसको बिपरित धर्मान्तरण भएका अफ्रीका, ल्याटिन अमेरिका , मध्य एसिया र दक्षिण पूर्व एसियाका समाजहरु इतिहासको कुनै पनि कालखण्डमा नेतृत्वदायी भुमिकामा थिएनन् र आज पनि उनिहरु त्यो अवस्थामा छैनन्।
सामुहिक धर्मान्तरणले समाज अराजक बन्छ र पतनको दिशामा जान्छ
धर्मले समाजको मनोविज्ञान निर्माण र निर्देशन गर्नमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ।हरेक धार्मिक समुदायको आफ्नै किसिमको विश्वास प्रणाली , चाल चलन , रिती रिवाज र परम्परा हुन्छ र उक्त समाजको मनोविज्ञानको निर्माण र विकास सोही अनुरुप भएको हुन्छ।
सामुहिक धर्म परिवर्तनले सम्बन्धित समाजको विश्वास प्रणाली , मिथक, रिती रिवाज र परम्परा पनि परिवर्तन हुन्छ। योसँग सँगै उक्त समाजको मनोविज्ञान पनि परिवर्तन हुन्छ।त्यो समाजको पुरानो मनोविज्ञान भत्किन्छ र नयाँ मनोविज्ञानको निर्माण र विकास हुन थाल्छ।
समाजको पुरानो मनोविज्ञान भत्किर नयाँ मनोविज्ञान बन्ने प्रक्रिया अत्यन्तै जटिल परिघटना हो।यो प्रक्रियाले उक्त समाजको मनोविज्ञान सयौं वर्षसम्म समयसम्म बिथोलिन्छ। समाजको मनोविज्ञानमा आउँने यस प्रकारको उथलपुथलले गर्दा त्यो समाजको विवेक र चेतनाले सही र तार्किक ढंगले काम गर्दैन।
यसको एक दुई वटा उदाहरण हेरौं। हिजोसम्म धर्म अफिम हो भन्ने र विज्ञानको हवाला दिने एक कम्युनिष्ट धर्म परिवर्तन गरेर इशाइ भएपछि आज उ कसरी खाली स्वर्ग, नर्क र मुक्तिको मात्रै कुरा गर्छ?
हिजोसम्म विज्ञानसम्मत कुरा गर्ने त्यही मानिस आज कस्तो तर्कहीन जिद्दी गर्छ? कट्टर धर्म बिरोधी नास्तिकले त धर्म परिवर्तन गरेपछि यसरी विवेक र चेतना गुमाउँछ भने धर्म परिवर्तन गरेपछि अरु मानिसको मानसिक र मनोवैज्ञानिक हालत कस्तो होला?
त्यस्तै हिन्दु वा बौद्धमार्गी बनेको गोरा कसरी भौतारिँदै हिँड्छ? यो हामिले हाम्रै वरिपरि देखेको कुरा हो। तर मौलिक धर्म नछाडेको मानिसले यस्तो असामान्य व्यवहार देखाउँदैन। यसरी विवेकहीन र चेतनाहिन बन्दैन किनभने नयाँ ड्रग्सको प्रयोगले प्रयोगकर्तालाई गतिलो गरि डोज दिन्छ।
धर्म परिवर्तन गर्ने समाजको निम्ति नयाँ मिथक र भाष्य नयाँ ड्रग्सको डोज जस्तै हुन्छ। नयाँ डक्ट्रिनको डोजले उसलाई बिरामी बनाउँछ। उसको दिमाग खल्बलिन्छ।उसको मनोविज्ञान बिथोलिन्छ र उ चेतनाहिन बन्न पुग्छ। यसरी मनोविज्ञान बिग्रिएर विवेक र चेतना कमजोर भएको समाज अराजक बन्छ र त्यो समाज पतोन्मुख हुन्छ।
अफ्रीका , ल्याटिन अमेरिका , फिलिपिन्स र गैर अरबि मुस्लिम समाज सधैंभरि अराजक र अस्थिर हुनुको प्रमुख कारण धर्मान्तरण र त्यसले ल्याएको मनोवैज्ञानिक उथलपुथलले हो।
धर्म परिवर्तन गरेको समाजमा मानव समाजलाई नयाँ गति दिन सक्ने चिन्तक, दार्शनिक र बैज्ञानिकहरुको जन्म हुँदैन
धर्म र धर्मसँग सम्बन्धित मिथक, संस्कृति र मूल्य मान्यता समाजको आधारभूत र स्थायी चिन्तनप्रणाली हुन्। धर्मले मानिसको सोच र मनोविज्ञानलाई शैशव अवस्था देखिनै निर्देशित गरेको हुन्छ। मानिसको चेतना र चिन्तन उसले अनुसरण गरेको धर्म, संस्कृति, मिथक र मूल्य मान्यता अनुसार निर्माण र विकास हुन्छ।
मौलिक धर्म, संस्कृति, परम्परा र मूल्य मान्यता जीवित रहेको समाजको मौलिक चिन्तन प्रणाली पनि जीवित हुन्छ। हरेक विषय वस्तुलाई उनिहरुले धर्म परिवर्तन गरेका मानिसहरुले भन्दा स्वतन्त्र,मौलिक र तार्किक हिसाबले चिन्तन मनन र विश्लेषण गर्न सक्छन्।
यसरी मौलिक र स्वतन्त्र ढंगले सोच्ने र चिन्तन गर्ने समाजले मात्रै नयाँ सृजना र ज्ञानको निर्माण गर्छ। यसको विपरीत आयातीत दृष्टिकोण, आयातीत भाष्य र आयातीत मूल्य मान्यतालाई अंगीकार गरेको समाज दास मानसिकता र मनोविज्ञानबाट ग्रसित भएको हुन्छ। त्यस्तो समाजले मौलिक र स्वतन्त्र तवरले चिन्तन गर्न सक्दैन। यसै कारणले धर्म परिवर्तन गरेको समाजमा नयाँ ज्ञानको निर्माण हुन सक्दैन।
मौलिक चिन्तन प्रणालिको कारणले गर्दा नै विद्यालय र विश्वविद्यालय नहुँदा पनि आजभन्दा हजारौं वर्ष अगाडि दक्षिण एसियामा वेद व्यास, वाल्मीकि, महावीर, गौतम बुद्ध , चाणक्य र आर्य भट्ट र चीनमा लाओत्से, कन्फ्युसियस, सुन त्जु र मेन्सियस अनि गोरा समाजमा सुकरात ,प्लेटो , अरस्तु र पाइथागोरस जस्ता महान प्रतिभाहरुको जन्म भएको थियो। जो पनि यिनै समाजमा मात्रै बौद्धिक प्रतिभा जन्मिए।आज पनि यिनै समाजले मात्रै विश्व हलाउने बौद्धिक प्रतिभा उत्पादन गरिरहेका छन्।
यसको विपरीत धर्म परिवर्तन गरेर आफ्नो मौलिक चिन्तन प्रणालीलाई जरैदेखि उखेलेर फालेका अफ्रीका, ल्याटिन अमेरिका, मध्य एसिया र दक्षिण पूर्वी एसियाका समाजहरुले आजसम्म एक जना पनि चिन्तक, दार्शनिक र नयाँ खोज गर्ने वैज्ञानिक जन्माउन सकेका छैनन्।
आज यी समाजका सयौं, हजारौं मात्रै होइन लाखौं मानिसले युरोप, अमेरिका र अन्य मुलुकका प्रतिष्ठित विश्वविद्यालयबाट उच्च र आधुनिक शिक्षा हासिल गरेका छन्। तर आश्चर्य र विडम्बनाको कुरा अझै पनि अफ्रिका, ल्याटिन अमेरिका, मध्य एसिया र दक्षिण पूर्वी एसियामा विश्वलाई नयाँ गति दिन सक्ने कुनै प्रतिभाको जन्म भएको छैन।
बरु अत्यन्तै सानो यहुदी समुदाय जसले अत्यन्तै ठूलो अत्याचार र दमनको वावजुद पनि उसको मौलिक धर्मलाई जीवित राख्यो त्यो समुदायमा विश्वमा क्रान्तिकारी परिवर्तन ल्याउने कार्ल मार्क्स, सिग्मन्ड फ्रेड , अल्बर्ट आइन्स्टाइन लगायत अन्य कैयौं चिन्तक र वैज्ञानिकहरुको जन्म भएको छ।
धर्मान्तरण र धर्म परिवर्तन रेला ठट्टाको बिषय होइन। यसलाई लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रतासँग मात्रै जोडेर हल्का रूपमा लिनु हुँदैन ।कालन्तरमा धर्मान्तरणले समाजमा ज्यादै डरलाग्दो परिणाम लिएर आउँछ। अहिले नेपालमा एउटा निहित उद्देश्य र षड्यन्त्रसहित सामुहिक धर्मान्तरण गरिँदैछ। यसलाई गम्भिर रूपमा लिएर बेलैमा नियन्त्रण गर्नुपर्छ।यसैमा देश र समाजको भलाइ हुनेछ।
प्रस्तुत खोज, विश्लेषण र निष्कर्ष किरात मोर्चाका अध्यक्ष मिशेक हाङ किरातले ७ वर्ष अगाडि मलाई दिएको क्लूको आधारमा र मेरा अनन्य मित्र डिएन कडेलजिसङ्गको लामो समयसम्मको छलफल र बहस पश्चात् तयार गरिएको हो।
Facebook Comment