उपराष्ट्रपति पुनद्वारा सरकारको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त

डिसी नेपाल
१३ साउन २०७५ १४:२०

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ।

उपराष्ट्रपति पुनले सरकारको काममा ढिलासुस्ती हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो। ‘२४ औं कार्गो दिवस’ को अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले रेल, पानी जहाजजस्ता कुरामाभन्दा पनि जनताको जीवनस्तरलाई सुदृढ बनाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन रोड कनेक्टिभिटीमा जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

उपराष्ट्रपति पुनले काठमाडौंको सडकको दुरावस्था हटाउनेलगायतका कामलाई तीव्रता दिन सरकार र सम्बन्धित निकायलाई ढिलाई नगर्न पनि गरे। काठमाडौंमा डुबान हुँदा पनि खासै काम गर्न नसकेकोमा उपराष्ट्रपति पुनको सरकारप्रति गुनासो छ।

उनले सरकारलाई काम गर्ने शैलीमा तीव्रता दिन पनि आग्रह गरे। सरकारले काम गर्ने शैलीमा परिवर्तन नगरे पाँच वर्षमा पनि मुलुकमा कुरा बाहेक केही पनि काम नहुने उपराष्ट्रपति पुनको भनाई छ।

उपराष्ट्रपति पुनले जनताका दैनिक आवश्यक्तालाई सम्बोधन गर्ने काममा सरकारले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए। उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई साथ दिन पनि सबैलाई आह्वान गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *