पुथा उत्तरगंगामा माओवादीकी नरपुरा बुढा विजयी

डिसी नेपाल
१७ मंसिर २०८१ १८:३१

रूकुम (पूर्व)। रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादीको केन्द्र) की नरपुरा बुढा विजयी भएकी छन्।

यही मंसिर १६ गते भएको उपनिर्वाचनमा एमाले-कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी केशकुमारी तुलाचनलाई पछि पार्दै बुढा विजयी भएकी हुन्।

बुढाले तीन हजार छ सय २७ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेकी एमालेकी केशकुमारी तुलाचन दुई हजार एक सय २८ मत प्राप्त गरिन्। बुढाले गठबन्धनलाई एक हजार चार सय ९९ मतान्तरले पराजित गरेकी हुन्।

पुथा उत्तरगंगा गाउँपालिकाको २ नम्बर वडामा भने नेकपा (माओवादी केन्द्र) का जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *