कञ्चनजंगा गोल्डकप: भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश

डिसी नेपाल
१७ मंसिर २०८१ २०:४७

फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंगा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल आज भएको खेलमा धरान सेमिफाइनलमा प्रवेश गरेको छ। २-० अन्तरले भारतको सिलगुढीलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश गरको हो।

आयोजक चासोक तङनाम सञ्चालक समितिका प्रचारप्रसार संयोजक दिनश लिङखिमका अनुसार आज भएको तेस्रो क्वाटरफाइनल खेलमा गोधुलीले भारतको सिलगुढीस्थित कञ्चनजंगा फुटबल क्लबलाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए। भानुजन मावि अम्बिटारको मैदानमा भएको खेलमा गोधुलीका लागि दोर्जे तामाङले पहिलो गोल गरे। मध्यान्तर अघि तामाङको गोलबाट अग्रता बनाएको गोधुलीका लागि मध्यान्तरपछि मिलन राईले दोस्रो गोल थप्दै टिमको जित सुनिश्चित गरे।

दोर्जे तामाङ यसअघि दोस्रो ताप्लेजुङ गोल्डकपमा सर्वाधिक गोलकर्ता बनेको आयोजकले जनाएको छ। प्रतियोगितामा सुनसरी धरानको गोधुली फुटबल क्लबले सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनलमा गोधुलीले शम्दु फुटबल क्लब तेह्रथुमसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघिका क्वाटरफाइनल खेलमा शम्दु फुटबल क्लब तेह्रथुम र रेड डेभिल्स फुटबल क्लब इलामले जित हात पार्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन्। मंगलबार न्यू स्टार क्लब विर्तामोड झापा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच पहिलो चरणको अन्तिम खेल हुनेछ। प्रतियोगिताका विजेताले रू तीन लाख दुई हजार ८१ पुरस्कार पाउनेछन् भने उपविजेताले रू एक लाख ५१ हजार ८१ प्राप्त गर्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *