एनपीएलः सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

डिसी नेपाल
१८ मंसिर २०८१ १०:४७

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई जितका लागि १८३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक नटआउट ५७ रन बनाए । ब्राण्डन म्याकमुलनले ३६, विनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कट कग्लिनले १० रन बनाए । विराटनगरका लागि अनिल खरेलले ३ विकेट लिए । क्रिस सोल, इस्मत आलम र बसिर अहमदले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *