तमिलनाडुको तिरुवन्नमलाईमा चक्रवात फङ्गलपछि पहिरो, पाँच जनाको शव भेटियो

डिसी नेपाल
१८ मंसिर २०८१ १४:४१

काठमाडौं । तमिलनाडुको तिरुवन्नमलाईमा पहिरोमा फसेका सातमध्ये पाँच जनाको शव निकालिएको छ । २४ घण्टाको उद्धार कार्यपछि सोमबार ५ जनाको शव निकालिएको हो ।

घटनास्थलमा पुगेका प्रदेशका उपमुख्यमन्त्री उदयनिधि स्टालिनले उद्धार टोलीले शव निकाल्ने काम भइरहेको बताए ।

मुख्यमन्त्री स्टालिनले घटनामा ज्यान गुमाएकाका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन् ।

चक्रवाती तूफान फङ्गलले तिरुवन्नमलाईमा भारी वर्षा गरेको छ। त्यसपछि डिसेम्बर १ मा भीयुसी नगर क्षेत्रको अन्नामलैयर पहाडमा पहिरो खस्यो । यस दुर्घटनामा दुई घरमा क्षति पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *