लम्बियो दुर्गा प्रसाईंको हिरासत अवधि

डिसी नेपाल
१८ मंसिर २०८१ १६:३६

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप चार प्रहरी हिरासतमै राखिने भएको छ।

राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं थप चार दिन हिरासतमा रहने भएका हुन्।

मंगलबार जिल्ला अदालत, काठमाडौंले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। यससँगै उनी २१ मंसिरसम्म हिरासतमै रहने छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद दस्तावेज सार्वजनिक गरेपछि नेपाल प्रहरीको सीआईबीले उनलाई गत मंसिर ४ गते पक्राउ गरेको थियो।

साइबर अपराध अभियोगमा पक्राउ परेका उनको पक्राउ गैरकानुनी भएको भन्दै यसअघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट परे पनि खारेज भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *