कविता : गहनाको मूल्य
गहना गहको हार श्रृंगार रसको घर
सजाई गहको रुप सौन्दर्यको उपहार।
कानका गहना झुम्का दायाँबायाँ हल्लिने
नाकका बुलाकी तारा टल्केझैं नाक चम्किने।
निधार बिन्दीले झुल्ने आँखा तीर चलाउने
चुरा हातका बाला चुरचुर गरी बजाउने
हातका औंला औंठी हीरा मोती जडिएका
दुवै हातका रुप गहना औंठीमा सजिएका।
देवताका देहमा जड्ने अनेक गहनाहरु
राजाका शीरमा बस्ने ति अमूल्य मुकुटहरु।
सबै सुन हीरा हुन्छन् मणिमानिक्य झल्लरी
सझिन्छन् अति राम्रो देखिन्छन् अकबरिसरी।
गहना श्रृंगारको रुप त्यो अति मूल्यवान छ
लाएका ती गहना सबको सर्वत्र प्रशंसनीय छ।
महिला गहना उनको त्यो अति बहुमूल्य छ
यसको पहिरनमा उनको काया अतृप्त छ।
मालापनि पहिरन हो गहना सरह झल्किने
गलामा लाएको माला शरीरै भरी हल्लिने।
गहना बिनको रुप हेर्दा फुंग उडेसरी
गहनाको पूर्ण पहिरनमा हिरामोती जडेसरी।
दाँजो गहनाको जस्तो केनै छ र विश्वमा
हेर गहनाको मूल्य ती शिवशक्ति स्वरुपमा।
गुणमा छैन त्यो शक्ति गहनाजति झल्किने
छैन शिव शंकरको रुप मगन्ते भेष चिनिने।
शक्ति भित्र लुकेकोछ त्यो शिवको स्वरुपमा
बाहिर गहना छैन छन् भष्मपोती शरीरमा।
कवितामा हुने सुन्दरता
कविता दुलही जस्ती श्रृंगार भरिपूर्ण छ
रुपमा छैन केही कमी सबै नै परिपूर्ण छ।
उदाउँदो चन्द्रझैं तिनको अनुहार झलमल्ल छ
साँझको चन्द्रको ज्योति हँसिलो र मौन छ।
कविताको रुप त्यो राम्रो हाँस्ने हस्ने रुवाउने
कबिता दुलही जस्तै हेरी सबै रमाउने।
नारीको स्वरनै मिठो बोलीमा रस आउने
उनको दृष्टिमा सबै मनैदेखि रमाउने।
नारीको मिठो बोली कोइलीझैं स्वर गुन्जिने
मायाले सारालाई मोह जालमा भुलाउने।
घुम्टो उघारी हेर्छु म श्रृंगार भरीको मुख
छाम्दा उनको शरीरमा हुन्छ अमूल्यको सुख।
पायल उनको बज्दा छमछम त्यो सुनी
लाग्छ म बसेको छु त्यो उनको घुम्टो मुनि।
आँखा लोलाई ती हेर्छिन् मेरो यो अनुहारमा
बिन्दी झल्केको देख्छु म त्यो तिनको निधारमा।
लाग्छ के भन्न खोजेकी हुन् शब्द ओठमा रुकी
सक्तिनन् भन्न सक्तिनन् यो मेरो मुखमा हेरी।
लज्जाले भरिएको तिनको त्यो स-शरीरमा
कल्पना बीच ओइरिन्छु चुमेको त्यो निधारमा।
तृष्णा मनको ज्वाला म भित्र हुन्छ हर्हरी
जाउँ कि उनको साथ बोली उफ्रिन्छ बर्बरी।
कविता नबन अबत श्रृंगार रसको गीत
कति छन् यसका रुप बर्सीने नबरंगका सित।
नारीको रुप नै राम्रो शब्द झन् अति प्रिय छ
त्यो भन्दापनि चोखो उनको चरित्र श्रीश छ।
नारी शक्ति यसै ठूलो देवतापनि झुक्दछन्
यही शक्तिमा सबै जीव पछिल्तिर पर्दछन्।
तसर्थ नारी शक्ति छ यो ठूलो सनसारमा
यही शक्तिमा नै छ सबै जीव विश्राममा।
Facebook Comment