कर्णाली याक्सको संघर्षपूर्ण पहिलो जित
![कर्णाली याक्सको संघर्षपूर्ण पहिलो जित](https://www.dcnepal.com/wp-content/uploads/2024/12/469427231_17860804350297289_1408395706683223178_n.jpg)
काठमाडौं । नेपाल प्रिमियर लिगको आजको खेलमा कर्णाली याक्सले संघर्षपूर्ण जित निकालेको छ । यो कर्णालीको प्रतियोगितामा पहिलो जित हो । कर्णालीले अन्तिम बल बाँकी रहँदा ६ विकेटले जितेको हो ।
एक समय अन्तिम २ ओभरमा १० रन चाहिएको सहज अवस्थामा रहेको कर्णालीका लागि सोहेल तनवीरको १९ औं ओभरले कठिनाइ थपेको थियो । तनवीरले आफ्नो ओभरमा २ रन मात्र खर्च गरेपछि कर्णालीलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो ।
कर्णालीका लागि शिखर धवनले ४५ रन बनाए । चाडविक वाल्टनले ३०, देव खनालले २५ रन बनाए । चितवनका लागि कुशल मल्ल, जान निकोल लोफ्टी इटन र रवि बोपाराले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३० रनको स्कोर बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक नटआउट ५९ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २३ रन बनाएका थिए । यस्तै कर्णालीका बलर विपिन शर्माले ३ तथा जिशान मक्सुदले २ विकेट लिएका थिए ।
Facebook Comment