अलेप्पोपछि विद्रोहीले सिरियाको अर्को सहर पनि कब्जा गरे
काठमाडौं । सिरियाली विद्रोही समूहले सेना फिर्ता गरेपछि हामा सहरलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् ।
इस्लामिक चरमपन्थी विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएस) का नेता अबु मोहम्मद अल-जवलानीले हामामा विजय घोषणा गरेका छन्।
उनले सहरमा ‘कसैबाट बदला नलिने’ बताएका छन् ।
यसअघि विद्रोही र उनका सहयोगीहरूले हामाको केन्द्रीय कारागार कब्जा गरेका थिए। त्यसपछि उनले भीषण झगडाका बीच कैदीहरूलाई रिहा गरे।
एलेप्पोबाट ११० किलोमिटर दक्षिणमा अवस्थित हामामा १० लाख मानिस बस्छन्।
प्रतिक्रिया
Facebook Comment