सिरियाका विद्रोही नेताहरुले सरकारी टिभी च्यानल र रेडियोबाट दिएको सन्देशमा के भने ?
काठमाडौं । सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि विद्रोही समूहले सरकारी टेलिभिजन च्यानल र रेडियोमा सन्देश जारी गरेका छन् ।
विद्रोही समूहले दाबी गरे – ‘हामीले राष्ट्रपति बसर अल–असदको शासन अन्त्य गरिसकेका छौं ।’ विद्रोही समूहले जेलबाट राजनीतिक बन्दी मुक्त गर्ने कुरा पनि गरेको थियो ।
हयात तहरीर अल-शाम (एचटीएएस) नेतृत्वको विद्रोही समूहले बसर अल-असदले देश छोडेको दाबी गरेका छन्।
यी सबै बीचमा सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनेका छन्, ‘सिरिया आफ्नो छिमेकी र विश्वका अन्य देशहरूसँग राम्रो सम्बन्ध राख्ने सामान्य देश बन्न सक्छ।’
शनिबार सिरियाको तेस्रो ठूलो सहर होम्स कब्जा गरेपछि विद्रोहीले आइतबार सिरियाको राजधानी दमास्कस कब्जा गरेको र असद सरकारलाई हटाएको दाबी गरेका छन् ।
Facebook Comment