रविलाई पर्सा प्रहरीले महिला हिरासतमा राख्ने

डिसी नेपाल
२४ मंसिर २०८१ १२:५५

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन प्रकरणमा बयानका लागि पोखराबाट वीरगञ्ज लगिने भएको छ।

उनलाई वीरगञ्ज लैजान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको छ। उनलाई पोखराबाट काठमाडौं हुँदै हवाइ मार्गबाट सिमरा लगेर वीरगञ्ज पुर्‍याइने छ।

वीरगञ्जको आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थासम्बन्धी मुद्दामा प्रहरीले लामिछानेसँग बयान लिनेछ। जिल्ला प्रहरी कार्यालय पर्साले रविसहित १४ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिए अनुसन्धान थालिरहेको छ।

सोही प्रकरणमा बयान लिन प्रहरीले पूर्वडीआईजी छविलाल जोशी स्थलमार्गबाट आइतार नै वीरगन्ज पुगाइसकेको छ।

व्यवस्थित हिरासत कक्ष नभएका कारण पर्सा प्रहरीले केही व्यवस्थापन गरेर छविलाल जोशी र रामबहादुर खनाललाई जिप्रकाको महिला हिरासतमा राखेको छ। रविलाई पनि सोही कक्षमा राखिने प्रहरीको भनइ छ।

जिप्रका पछाडि अधिकृत आवास जाने बाटोसँगै रहेको महिला सेलको छेउमा महिला हिरासत रहेको र महिला कैदी नहुँदा खाली हुने भएकाले त्यसैमा रंगरोगन गरेर उनीहरूलाई राखिने प्रहरीले जनाएको छ।

जिप्रका पर्साले यसअघि भीआइपी थुनुवालाई नारायणी मेडिकल कलेजको अतिथि गृहमा राख्ने गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *