धनगढीका मेयरको स्वास्थ्यमा सुधार

डिसी नेपाल
२४ मंसिर २०८१ १३:२६

धनगढी । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको स्वास्थ्यमा सुधार देखिएको छ।

दिल्लीको साकेतस्थित म्याक्स अस्पतालको न्युरोइन्टेन्सिभ केयर आइसीयू र स्ट्रोक युनिटमा नगरप्रमुख हमालको उपचार भइरहेको छ। उनको स्वास्थ्यमा सुधार देखिएको हमालका छोरा आयुषले बताए। नगरप्रमुख हमालको नशामा समस्या देखिएको छ।

आफैँ उठ्ने, बस्ने र कुराकानी गर्न थालेको आयुषको भनाइ छ। हमाललाई अझैँ केही दिन आइसीयुमै राखेर उपचार गरिने अस्पतालले जानकारी दिएको आयुषले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *