माछा मार्नभन्दै हिँडेका दुई शिशुको डुबेर मृत्यु

डिसी नेपाल
२४ मंसिर २०८१ १४:१०

काठमाडौं । रौतहटमा माछा मार्न गएका दुई शिशुको डुबेर ज्यान गएको छ।

रौतहटको देवाही गोनाही नगरपालिका-२ करुनिया लक्ष्मिनियाटोलस्थित लाल बकैया नदी छेउमा डुबेर दुई शिशुको ज्यान गएको हो। ज्यान गुमाउनेमा शेख मनाउल्लाकी ६ वर्षीया छोरी सबाना खातुन र तीन वर्षीय छोरा अब्दुल रहमान रहेका छन्।

उनीहरूको बौधिमाइ नगरपालिका-५ कोपवा टोलबाट देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनिया करुनिया मामाघर आएको समयमा ज्यान गएको हो।

उनीहरू आइतबार साझ माछा मार्न गएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *