जलवायु उत्थानशिल कार्य सुदृढीकरणकाे लागि सचेतनामूलक अभिमूखिकरण कार्यक्रम
पाल्पा। जलवायु उत्थानशिल कार्य सुदृढीकरणकाे लागि सचेतनामूलक अभिमूखिकरण कार्यक्रम साेमवार रामपुरमा सम्पन्न भएकाे छ। गैरसरकारी संस्था महासंघ पाल्पाको आयाेजनामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखिकरण प्रदान गरिएको हाे।
कार्यक्रममा बाेल्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जलवायु परिवर्तनका कारण मानव भविष्य नै संकटमा रहेकाे बताए। उनले विश्व मै चुनाैतिकाे रुपमा रहेकाे जलवायु परिवर्तनकाे उत्थानशिलताकाे कार्यका लागि गम्भीरताका साथ लाग्न आवश्यक रहेकाे बताए।
विकाससँगै विनास निम्त्याई जलवायुमा ठूलाे असर पुर्याएकाे भन्दै यसबाट नेपाल जस्तो देश बढी प्रभावित भएकाे उल्लेख गरे। प्रकृतिको अधिक दाेहन र कार्बन उत्सर्जनका कारण जलवायुमा आएको परिवर्तनले हरेक क्षेत्र र प्राकृतिक संरचनामा असर पुर्याएकाे बताए। नगर प्रमुख थापाले जलवायु परिवर्तन उत्थानशिल कार्यका लागि हरेक स्थानीय तह र निकायले साेही अनुसारको नीति तथा कार्यक्रम एवं याेजना बनाउनु पर्ने बताए।
कार्यक्रममा नगर उपप्रमुख बाल कुमारी थापाले चुनाैतिकाे रुपमा रहेकाे जलवायु परिवर्तनकाे उत्थानशिलाका लागि मानवीय व्यवहारमा परिवर्तन सँगै सबै सचेत हुनु पर्ने आवश्यकता अैांल्याए। उनले समयमै उत्थानशिल कार्य गर्न नसके मानव र पृथ्वीकाे भविष्य नै खतरामा पर्ने बताए।
गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भाेजराज तिमिल्सिनाले जलवायु परिवर्तन र यसकाे उत्थाशिलता कार्यका लागि साेही तरिकाकाे याेजना तय गरेर जानू पर्ने सुझाव दिए। देशभरका ७ सय ५३ वटा पालिका मध्ये १ सय ५१ वटा पालिका बढी प्रभावित हुने र त्यस मध्ये पाल्पाका ७ वटा पालिका पर्ने भएकाले पहिलो चरणमा अभिमुखिकरण कार्यक्रमकाे थालनी गरिएको बताए।
कार्यक्रममा प्रशिक्षक सागर भण्डारीले जलवायु परिवर्तनको कारण , प्रभाव र असर ,गण्डकी जलाधार र परिवर्तनको जाेखिम ,स्थानीय तह र जलवायु परिवर्तनकाे मुद्दा,उत्थानशिल कार्यका उपाय र प्रयास लगायतका विषयमा अभिमुखिकरण प्रदान गरिएको थियो।
नगरपालिकाकाे सभाहलमा भएकाे कार्यक्रम गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष भाेजराज तिमिल्सिनाकाे अध्यक्षता नगर प्रमुख रमण बहादुर थापाकाे प्रमुख आतिथ्यता र गैरसरकारी संस्था महासंघ पाल्पाका सचिव ठाकुर पराजुलीकाे संचालनमा सम्पन्न भएकाे हाे। कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रमुख ,सामुदायिक वन र सराेकारवालाहरुकाे सहभगीता रहेकाे थियो।
Facebook Comment