सिरियाको अन्तरिम सरकारका प्रधानमन्त्रीको देशवासीका नाममा पहिलो सन्देश

डिसी नेपाल
२६ मंसिर २०८१ १३:०१

काठमाडौं । सिरियाको नयाँ अन्तरिम सरकारका प्रधानमन्त्री मोहम्मद अल–बसिरले जनताले ‘स्थिरता र शान्तिको आनन्द लिने’ समय आएको बताएका छन् ।

मोहम्मद अल-बशीर उत्तर-पश्चिममा विद्रोही प्रशासनका पूर्व प्रमुख हुन्। उनले अल-जजिरासँग कुरा गरेका हुन् ।

बसिरले मंगलबार राजधानी दमास्कसमा मन्त्रीहरूसँग भेट गरेका थिए। उक्त बैठकमा वर्तमान अन्तरिम सरकारका मन्त्रीहरुसँगै पूर्व राष्ट्रपति बसर अल असद सरकारका मन्त्रीहरु पनि सहभागी थिए ।

बैठकमा विभाग र संस्थाको स्थानान्तरणबारे छलफल भएको थियो ।

हालै सिरियाली तत्कालीन राष्ट्रपति बसर अल-असदको सरकार विरुद्ध हयात तहरीर अल-शाम (एचटीएस) को नेतृत्वमा विद्रोह भएको थियो, त्यसपछि बसर अल-असदले देश छोडेर रसिया भाग्नुपर्‍यो।

यस नाटकीय घटनाक्रमपछि एचटीएस र यसको सहयोगीहरूलाई मार्च २०२५ सम्म सिरियामा सत्ताको जिम्मेवारी दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *