नेपाली रक्तदाता संघ यूएईले रक्तदान कार्यक्रमको आयोजना गर्ने

सचिन्द्र श्रेष्ठ
२७ मंसिर २०८१ ९:५९

यूएई। अन्तरर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले यही डिसेम्बर १५ मा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। दुबई हेल्थ अथरिटी (DHA) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गर्न लागेको हो।

युएईको दुबई शहरस्थित Dubai Health Authority Head Quarter, Al Jaddaf मा आयाेजना गर्न लागेको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कोषाध्यक्ष तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिलराज श्रेष्ठले बताए।

गत १७ जूनमा पनि भब्य रुपमा सम्पन्न भएको हुँदा आगामि १५ डिसेम्बरमा दोश्रो पटक आयोजना गर्न लागिएको कार्यक्रम संयोजक जगन अधिकारीले बताए।

१७ जूनमा पहिलो पटक गरिएको बृहत रक्तदान कार्यक्रममा नेपाली राजदूतावास यूएईका श्रम काउन्सेलर दिनबन्धु सुबेदी, दुतावासका कार्यालय सहयोगी हरेराम आचार्य, विभिन्न पेसामा कार्यरत नेपाली समुदाएका ब्यक्तिहरु, नेपाली रक्तदाता संघ यूएईका सदस्यहरु,विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिस्तरका सामाजिक संस्था एवं वैचारिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले रक्तदान गरेको हुदा यो दोश्रो पटक अझै धेरै भन्दा धेरैको उपस्थिति गराउन पहल गर्ने अध्यक्ष बासुदेव ढुंगानाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *