सिरियामा असद सरकारको पतनका लागि अमेरिका र इजरायल जिम्मेवार : इरान
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अमेरिका र इजरायलले सिरियाको असद सरकारलाई ध्वस्त पारेको आरोप लगाएका छन् ।
उनले बशर अल-असदलाई राष्ट्रपति पदबाट हटाउँदा इरान कमजोर नहुने कुरामा पनि जोड दिएका छन्।
उनले ‘सिरियाको छिमेकी राष्ट्र’ यो सरकारलाई ध्वस्त पार्ने काममा संलग्न रहेको आरोप पनि लगाए, यद्यपि उनले देशको नाम भने भनेनन् ।
खामेनीले एक्समा लेखेको पोस्टमा भनेका छन् कि अमेरिका र इजरायल मुख्य षड्यन्त्रकारी हुन् र उनीसँग यसको प्रमाण छ।
उनले अर्को पोस्टमा लेखेका छन्, “सिरियाका साहसी युवाहरूले कब्जा गरिएका क्षेत्रहरू मुक्त गर्नेछन्। मलाई कुनै शंका छैन कि यो एक दिन हुनेछ।”
उनले भने, ‘सिरियामा जे भयो त्यो अमेरिका र इजरायलको योजना थियो भन्नेमा कसैले शंका गर्नु हुँदैन ।’
रुसको सरकारी समाचार एजेन्सी टासका अनुसार रुसी विदेश मन्त्रालयका प्रवक्ताले सिरियामा रहेका आफ्ना नागरिकको सुरक्षा आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
मारिया जाखारोभाले रेडियो स्पुतनिकलाई भनिन्, “सिरियाको अवस्था नाटकीय मोडमा छ र महत्त्वपूर्ण कुरा यो नाटकीयबाट निरपेक्ष त्रासदीमा नफर्किनु हो।”
जाखारोभाले रुस सिरियाका धेरै स्थानीय सेनासँग सम्पर्कमा रहेको बताइन् ।
Facebook Comment