प्रचण्डको दाबी-आफू अनुकुल आर्थिक क्रियाकलाप गर्न चाहने बिरुद्ध १८ महिना संघर्ष गर्नुपर्‍यो

डिसी नेपाल
२७ मंसिर २०८१ १४:१४

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अनुकुलको आर्थिक क्रियाकलाप गर्न चाहने बिरुद्ध १८ महिना संघर्ष गर्नुपरेको बताएका छन्।

बिहीबार चितवनको भरतपुरमा नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधारणसभा उद्घाटन कार्यक्रममा प्रचण्डले केही समूहले आर्थिक क्रियाकलाप सम्बन्धमा प्रधानमन्त्रीलाई डिक्टेट गर्न चाहेको भन्दै आफू त्यो स्वीकार गर्ने पक्षमा नरहेको बताए।

आफू १८ महिना प्रधानमन्त्री हुँदा सो समूहसँग लड्दै, संघर्ष गर्दै टिकेकाले गर्व र खुसीको महशुस भएको उनले बताए। त्यस्तै प्रचण्डले नेपालमा भएका कृषिमा आधारित उद्योगहरु स्थापना हुनुपर्नेमा भएका पनि बेचेर खाने प्रक्रिया सुरु भएपछि देश पराधिन हुनपुगेको जनाए।

अहिलेको अवस्थामा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

प्रचण्डले उद्योग व्यापार बलियो भए देशको आर्थिक अवस्था बलियो हुनुका साथै स्वदेशमा नै रोजगार सिर्जना हुने भएकाले यसमा ध्यान केन्द्रीत गर्न महासंघलाइ सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *