ट्रम्पले पद सम्हाल्नुअघि नै एफबीआई निर्देशकले राजीनामा दिने
काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआई (फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन) का निर्देशक क्रिस्टोफर रेले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि नै आफ्नो पदबाट राजीनामा दिने बताएका छन् ।
वास्तवमा ट्रम्पले राष्ट्रपतिको पद ग्रहण गर्नेबित्तिकै क्रिस्टोफर रेलाई पदबाट हटाउने संकेत गरेका थिए।
रेले बुधबार एफबीआईको आन्तरिक बैठकमा यस्तो घोषणा गरेका हुन् । केही साताको विचारविमर्शपछि आफूले पदबाट राजीनामा दिने निर्णय गरेको रेले बताए ।
ट्रम्पले यसअघि नै एफबीआईको नेतृत्वका लागि आफ्नो विश्वासपात्र काश पटेलको नाम घोषणा गरिसकेका छन् ।
काश पटेलले एफबीआईको शक्तिलाई ‘नाटकीय रूपमा’ सीमित गर्न आह्वान गरेका छन्।
क्रिस्टोफर रेलाई ट्रम्पले आफ्नो अन्तिम कार्यकाल २०१७ मा नियुक्त गरेका थिए। उनी १० वर्षका लागि नियुक्त भएका थिए ।
तर ट्रम्प राष्ट्रपति चुनाव हारेपछि एफबीआईले ट्रम्पविरुद्ध अनुसन्धान सुरु गरेको थियो । यसका लागि रेले रिपब्लिकनहरूको आलोचनाको सामना गर्नुपरेको थियो ।
Facebook Comment